मिस प्लस टुका प्रतिभा
![मिस प्लस टुका प्रतिभा](https://annapurnapost.prixacdn.net/media/albums/578e20819f8414.69998047_P9zy58miJO.jpg)
काठमाडौँ: युहान इन्टरनेसनल इभेन्टस्द्वारा आयोजित मिस प्लस टु नेपाल २०१६ का प्रतियोगीले आआफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।
मिस ट्यालेन्ट उपाधिका लागि भएको प्रतिस्पर्धामा सहभागीले नृत्य, गायन, अभिनय, चित्रकलालगायत विभिन्न माध्यमबाट आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको यो तेस्रो संस्करण हो । प्रतियोगितामा सहभागी २९ जना प्रतियोगीमा अभिषी दाहाल, प्रज्ञा पन्त, लिचन थापा, कुन्ती तामाङ, सञ्जीवनी सुनुवार, कुसुम महर्जन, पूजा शाही, एकता श्री राणा, शताब्दी पराजुली, मोनिका क्षत्री, निष्टा पाइजामागर, मेनुका श्रेष्ठ, सजना तामाङ, पुनम थापा, प्रशिष्मा बुढाथोकी, सबिना शाही, राशि थापा, दीप्ति थापा, स्मृति सापकोटा, काजल धौबन्जारा थिए । यस्तै अलिशा मल्ल, आशिका चापागाईं, बिनिशा शेरचन, सभ्यता थापा, प्रवेशिका अधिकारी, अकर्शा श्रेष्ठ, निकासा रिजाल, राधा पराजुली र अमिता खड्का छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)