'केसीको अनसन चिकित्सा शिक्षालाई सिध्याउने खेल'

'केसीको अनसन चिकित्सा शिक्षालाई सिध्याउने खेल'

काठमाडौँ: एसोसियनसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले डा गोविन्द केसीले उठाएका मागले निजी क्षेत्रको लगानीलाई होत्साहित गर्न खोजेको भन्दै विरोध गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसोसियसनका अध्यक्ष डा भोला रिजालले डा केसीको यस पटकको अनशन चिकित्सा शिक्षालाई सिध्याउन रचिएको आरोप लगाए।

उनले भने, ‘जब मेडिकल कलेजमा भर्नाको समय आउँछ, तब मेडिकल शिक्षाको सुधारको लागि भन्दै विद्यार्थीमा भ्रम फैलाएर विदेश पठाउनेलाई डा केसीले उत्साहित गरिरहनु भएको छ।'

निजी क्षेत्रले प्रत्येक वर्ष ३०० जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको उल्लेख गर्दै डा केसीले निजी कलेजमा विद्यार्थी सङ्ख्या कोटा कटौतीको माग राख्नु छात्रवृत्ति कोटा घटाउनु भएको दाबी गरे।

एसोसियसनले निजी कलेजमा विद्यार्थी सीट सङ्ख्या कटौती गर्न नहुने, विदेशी विद्यार्थीलाई नेपालका निजी कलेजमा अध्ययन गराउने वातावरण सिर्जना गर्नुपर्ने, सीट सङ्ख्या कटौती गर्दा अस्पतालको शय्या पनि घट्ने हुँदा बिरामीको स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने वातावरण सिर्जना गर्न नहुनेलगायतका माग अघि सार्दै माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.