संविधान कार्यान्वयन नभए काला अक्षरको काम छैनः सभामुख

संविधान कार्यान्वयन नभए काला अक्षरको काम छैनः सभामुख

काठमाडौँ: सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन नभए काला अक्षरको काम नभएको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सूचना आयोगले गरेको एक कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्, ‘चेतना सबैभन्दा ठूलो शक्ति हो, संविधानमा राखिएका प्रावधान कार्यान्वयन भएन भने सेतो कागजमा लेखिएको काला अक्षरबाहेक केही हुने छैन, यसको कार्यान्वयनमा सबै एकजुट हुनुपर्छ ।'

‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणका लागि सूचनाको हक' विषयक अन्तरक्रियामा उनले सरकारले महिलाका लागि गरेको व्यवस्थाका बारेमा थाहा नहुँदा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गरिन् ।

‘महिलाका बारेमा सरकारले जे-जे व्यवस्था गरेको छ, तर त्यसका बारेमा धेरै महिलालाई जानकारी छैन, सबै महिलाले आफूले पाउने सुविधाको खोजी गर्नुस्' सभामुख घर्तीले भनिन् ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव भड्काउने लगायतका राज्यको सुरक्षा खतरामा पुर्याउनेबाहेकका सूचना खोजीखोजी लिनका लागि सम्पूर्ण महिलालाई उनले आग्रहसमेत गरिन ।

सभामुख घर्तीले नेपालको संविधानले महिलाका विषयमा केहीमात्रामा भए पनि व्यवस्था गरिएको र सो कार्यान्वयनको तहमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नेपालमा भएका ४०० कानुनमध्ये २५० भन्दा बढी कानुनमा गोप्य राख्ने कुराप्रति आयोगको आपत्ति रहेको भन्दै सो सच्याउनका लागि ध्यानाकर्षण गराइरहेको जानकारी दिए ।

सूचना आयुक्त किरण पोखरेलले महिला सुसूचित भएमात्र घर, परिवार, समाज र राष्ट्र नै सुसूचित हुनेहुँदा सूचनाको हकबारे महिलालाई जानकारी गराउन आवश्यक भएको बताए ।

अर्का आयुक्त यशोदा तिमिल्सिनाले सूचना २१औँ शताब्दीमा शक्ति भनिए पनि महिलाको सूचनामा पहुँच अझै पुग्न नसकेको र देशमा २००७ सालदेखि अहिलेसम्मको बेथिति नागरिकले थाहा नपाएको भएको जिकिर गरिन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.