अस्थिर राजनीतिले पुँजी बजारमा करेक्सन

अस्थिर राजनीतिले पुँजी बजारमा करेक्सन

काठमाडौं : प्रधानमन्त्रीविरुद्ध संसद्‍मा प्रस्तुत अविश्वास प्रस्तावसँगै विकसित राजनीतिक घट्नाक्रमले अस्थिरता निम्त्याउनसक्ने भयले सेयर बजार प्रभावित भएको छ। आइतबारदेखि बुलिस ट्रेन्डमा रहेको नेप्सेमा बुधबार ब्रेक लागेको छ।

बुधबार नेप्से परिसूचक १३.६३ अंकले घटेको छ भने १८ सय अंक क्रस गरेको नेप्से अब १७८६.८४ विन्दुमा ओर्लिएको छ।बजार खुल्नासाथ सुरुमा केहीबेर हरियो भएको बजार पछि लगातार गिरावट देखिएको थियो। बजार घटे पनि दुई अर्बभन्दा बढीको कारोबार भएको छ ।

बिहीबार संसद्‍मा अविश्वास प्रस्ताव पेस हुन लागेको अवस्था र त्यसलाई लिएर दलहरुबीच बढेको तनाव र ध्रुविकरणले गर्दा लगानीकर्ताहरु केही सचेत देखिएका छन्। प्रधानमन्त्री केपीले ओली राजीनामा नदिने र अविश्वास प्रस्ताव पारित भएपछि सरकार बनाउन संवैधानिक बाटो स्पष्ट नरहेको तर्क दिइरहेका बेला नयाँ सरकार गठनबारे अन्योल उत्पन्न भएको छ। यही अस्थिर राजनीतिको मनोवैज्ञानिक असर बजारमा देखिएको छ।

बुधबार सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । मर्जरपछि झन्डै एक साता दैनिक करिब दस प्रतिशतले मूल्य बढेर करिब दोब्बर भएको यो बैंकको सेयरझन्डै चालिस करोडको सेयर कारोबार भएको छ। शिखर इन्सुरेन्सको पनि दस करोडभन्दा बढीको कारोबार भएको छ।बुधबार निर्माण र उत्पादन समूह मात्रै हरियो भएको छ। बैंकिङ ११.५१ र इन्सुरेन्स १२५.९२ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.