ब्रोकरको कमिसन ४० प्रतिशत घट्यो

ब्रोकरको कमिसन ४० प्रतिशत घट्यो

काठमाडौं: सरकारले ब्रोकर कमिसन ४० प्रतिशतले घटाएको छ । लामो समयको तयारीपछि बुधबार अर्थ मन्त्रालयले ब्रोकर कमिसन ४० प्रतिशत घटाउने निर्णय गरेको हो । कमिसन घटाउन नेपाल धितोपत्र बोर्डले निकै लामो समयदेखि गृहकार्य गरिरहेको थियो । बोर्डले ५० प्रतिशतसम्म घटाउन प्रस्ताव गरेको थियो । ब्रोकरहरूले भने ३० प्रतिशतभन्दा बढी नहुने अडान लिएका थिए । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र ब्रोकरको आआफ्नै अडान बाबजुत मध्यमार्गी बाटो अवलम्बन गरेको हो ।

अब ब्रोकर कमिसन अधिकतम ०.६० प्रतिशतबाट सुरु हुनेछ भने न्यूनतम ०.४० प्रतिशतसम्म कायम हुने भएको छ । अबदेखि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.६० प्रतिशत, ५० हजारदेखि २० लाखसम्म ०.५५ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यसैगरी, २० लाखदेखि एक करोडसम्म ०.४५ प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ । यस आधारमा अबदेखि लगानीकर्ताले विभिन्न पाँच तहमा ब्रोकर कमिसन तिर्नुपर्ने भएको छ ।

सरकारी ऋणपत्र तथा नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको खरिदबिक्रीमा लाग्ने ब्रोकर कमिसनमा भने परिवर्तन गरिएको छैन । सरकार जमानी बसेको संस्थाको सेयर वा ऋणपत्र कारोबारमा पनि कमिसन दर परिवर्तन भएको छैन । सरकार वा नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रबाहेक अन्य संगठित संस्थाले जारी गर्ने सेयर वा ऋणपत्रको कारोबारमा लाग्ने कमिसन भने घटाइएको छ ।

जस अनुसार पाँच लाखसम्मको कारोबारमा ०.३० प्रतिशत, पाँच लाखदेखि ५० लाखसम्मको कारोबारमा ०.२५ प्रतिशत तथा ५० लाखदेखि माथिको कारोबारमा ०.२० प्रतिशत कमिसन लाग्ने धितोपत्र बोर्डले जानकारी दिएको छ । यसअघि यस्ता संगठित संस्थाको सेयरमा ५० हजारसम्मको कारोबारमा एक प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.९ प्रतिशत कर लाग्दथ्यो । यसैगरी, पाँच लाखदेखि १० लाखसम्म ०.८ प्रतिशत र १० लाखभन्दा माथि ०.७ प्रतिशत कमिसन लाग्ने गर्दथ्यो ।

 

धितोपत्र बोर्डले जतिसक्दो छिटो घटेको कमिसन लागू गर्न नेप्सेलाई निर्देशन दिएको छ । नेप्सेले भने सफ्टवेयरमा केही प्राविधिक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो घटेको नयाँ दर लागू गर्ने जानकारी दिएको छ । ब्रोकर कमिसन घटेपछि बजारमा थप सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

उता, कमिसन घटाइएपछि नेपाल स्टक एक्सचेन्जको पनि कमाइ घट्नेछ । यसअघि ब्रोकरले पाउने कुल कमिसनमध्ये २५ प्रतिशत रकम स्टक एक्सचेन्जलाई जाने गरेको थियो । अब स्टकले २० प्रतिशतमात्र कमिसन पाउनेछ । स्टक अधिकारीका अनुसार सरसर्ती हेर्दा जम्मा पाँच प्रतिशत घटेको देखिए पनि यसले स्टक एक्सचेन्जको समग्र कमाइमा बेस्सरी असर गर्नेछ । ‘स्टकको कमाइमा २५ प्रतिशतसम्म बढीले घाटा हुने देखिन्छ,' स्टक एक्सचेन्जका एक अधिकारीले भने ।

ब्रोकरहरूले भने कमिसन घटाएपछि व्यापार बढाउन अन्य सेवा पनि सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लगानीकर्तालाई परामर्श सेवा, डिलरसीपलगायतका सेवा पाउनुपर्ने ब्रोकरको माग छ । सेयर कारोबार अवधि बढाएर दैनिक चार घन्टा पुर्‌याइएकाले ब्रोकरको कमाइमा खासै फरक नपर्ने सरकारको ठम्याइँ छ । हाल दैनिक दुई अर्ब हाराहारीमा सेयर कारोबार हुन थालेको छ । ब्रोकर संख्या ५० वटा छ ।

धितोपत्र बोर्डले जतिसक्दो छिटो घटेको कमिसन लागू गर्न नेप्सेलाई निर्देशन दिएको छ । नेप्सेले भने सफ्टवेयरमा केही प्राविधिक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो घटेको नयाँ दर लागू गर्ने जानकारी दिएको छ । ब्रोकर कमिसन घटेपछि बजारमा थप सकारात्मक प्रभाव पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.