क्रिकेटका नयाँ स्टार सन्दीप

क्रिकेटका नयाँ स्टार सन्दीप

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायके मोफसल भ्रमणबाट राजधानी फर्कने क्रममा चितवनमा निस्किएका थिए ।

उनले त्यहाँ एक किशोरलाई बलिङ गरिरहेको देखे । ती किशोरको बलिङबाट लोभिएका पुबुदुले उनलाई कीर्तिपुर बोलाएर राष्ट्रिय टोलीसँगै प्रशिक्षण गर्न लगाए ।

तिनै किशोर सन्दीप लामिछाने नेपाली क्रिकेटमा नयाँ स्टारका रूपमा अगाडि आएका छन् ।

सन्दीपले पहिलो प्रयासमै यू—१९ राष्ट्रिय टोलीमा स्थान पाएका थिए । उनको प्रदर्शन पनि सशक्त रह्यो । चितवनका १६ वर्षीय यी लेग स्पिनरले बंगलादेशमा गत वर्ष भएको आईसीसी यू१९ विश्वकपको समूहगत चरणमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए ।

उनी उक्त विश्वकपमा एकमात्र ह्याट्रिककर्ता बनेका थिए । यू—१९ विश्वकपकै इतिहासमा यो केवल पाँचौं ह्याट्रिक थियो ।

उक्त विश्वकपमा नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यस क्रममा सन्दीपले ६ खेलमा कुल १४ विकेट लिएका थिए र उनी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा रहेका थिए ।

विशेषगरी उनले न्युजिल्यान्ड, भारत, बंगलादेश र पाकिस्तानविरुद्घ उत्कृष्ट बलिङ गरे । त्यसैले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलको तुलना अस्ट्रेलियन लिजेन्ड सेन वार्नसँग गरेका थिए ।

यसअघि राजकुमार प्रधानलाई पनि सेन वार्नसँग तुलना गरिएको थियो । तर, १६ वर्षीय सन्दीपले सानो उमेर र छोटो समयमै थुप्रै अवसर पाएका छन् ।

भेरिएसनसाथ बलिङ गर्ने उनले अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग हङकङमा एकै टिमबाट पनि खेलिसकेका छन् । उनले राष्ट्रिय टिमबाट मेरिलिबोन क्रिकेट क्लबविरुद्ध लर्डसमा पनि मंगलबार खेले ।

राम्रै एक्सपोजर पाए पनि माथिल्लो तहमा भने उनको वास्तविक परीक्षण हुन बाँकी छ । स्पिनमा एकरूरुपता देखिए पनि उनी परिपक्व हुन अझै बाँकी छ ।

उनी २०७२ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा पल्सर स्पोर्टस् अवार्ड २०७२ को पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।

सर्वाधिक एसएमएस भोट र फेसबुक लाइकका आधारमा विजेता चयन हुने पिपुल्स च्वाइसमा उनीसहित टेबुलटेनिसकी नविता श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठ मनोनयनमा छन् ।
 
पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.