सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल

सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल

काठमाडौं: आगामी मंसिरमा पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल समावेश गरिने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले शारीरिक सुगठन, पौडी र ट्रायथलन खेलको राष्ट्रिय प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेकाले मंसिरमा हुने प्रतियोगितामा ३२ वटा खेलमात्र समावेश गर्ने निर्णय गरेको जानकारी राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले दिए ।

सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत म्याराथन पनि यसअघि नै आयोजना भइसकेकाले आगामी मंसिरमा हुने प्रतियोगितामा म्याराथनको स्पर्धा पनि समावेश गरिने छैन । मंसिरमा हुने राष्ट्रिय खेलकुदमा म्याराथनबाहेकको एथलेटिक्स प्रतियोगिता सञ्चालन हुनेछ । यसैगरी बैठकले खेलाडी दर्ता साउन २५ देखि भदौ २० गतेसम्म, जिल्ला छनोट प्रतियोगिता भदौ २५ देखि असोज १४ गतेसम्म र क्षेत्रीय छनोट प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

 

गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै मंसिर ८ देखि १५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । यसअघि बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुईपटक मिति घोषणा भए पनि सातौं राष्ट्रिय स्थगित भएको थियो । २०७२ सालमा सातौं राष्ट्रिय पहिलोपटक मंसिर ११ देखि १८ गतेसम्म र दोस्रो पटक फागुन १८ देखि २३ गते हुने भनिएको थियो ।

तयारी समिति र निर्देशन समिति गठन

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सरकारले दुई महत्त्वपूर्ण समिति गठन गरेको छ । यसै साता बसेको मन्त्री परिषद्को बैठकले १३ औं सागका लागि युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा मूल तयारी समिति र प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशन तथा अनुगमन समिति गठन गरेको हो ।

प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी पाएको तयारी समितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवले सदस्यसचिवकै भूमिका निर्वाह गर्नेछन् । यसैगरी निर्देशन तथा अनुगमन समितिले प्रतियोगिता तयारीको अनुगमन गर्ने तथा आवश्यक निर्णय र निर्देशन दिने काम गर्नेछ । उक्त समितिमा सभामुख, विपक्षी दलका नेता, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरू सदस्य रहनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.