नवयुग र फुपूल्हामु सर्वोत्कृष्ट

नवयुग र फुपूल्हामु सर्वोत्कृष्ट

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड—२०७२ अन्तर्गत सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड फुटबलर नवयुग श्रेष्ठ र सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जुडोकी फुपूल्हामु खत्रीले जितेका छन् । बिहीबार आयोजित कार्यक्रममा अवार्ड विजेताको घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्डमा फुटबलकै विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा पनि मनोनयनमा परेका थिए ।

सर्वोत्कृष्ट महिला खेलाडी अवार्डका लागि भने उसुकी निमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिन कार्की र पौडीकी गौरिका सिंह पनि मनोनयनमा परेका थिए । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नवयुग र फुपूल्हामु दुवैले स्वर्ण पदक हात पारेका थिए ।

सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड फुटबलर अञ्जन विष्टले हात पारे । क्रिकेटका सन्दीप लामिछाने, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ र उसुका निमा घर्तीमगर पनि उक्त अवार्डको मनोनयनमा परेका थिए ।

सर्वाधिक लोकप्रिय खेलाडी ‘पिपुल च्वाइस अवार्ड' टेबुलटेनिसकी नविता श्रेष्ठले जितिन् । फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली, क्रिकेटका सन्दीप लामिछाने र भारोत्तोलनकी तारादेवी पुन उक्त अवार्डको मनोनयनमा परेका थिए । सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका बालगोपाल महर्जनले जिते । फुटबलकै राजुकाजी शाक्य, उसुका प्रकाश महर्जन, क्रिकेटका जगत टमटा र जुडोका दलबहादुर गुरुङ उक्त अवार्डको मनोनयनमा थिए ।

एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेसल अवार्ड, पूर्वखेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र राष्ट्रिय फुटबल टोलीलाई ‘टिम अफ दि इयर' अवार्ड प्रदान गरियो । उत्कृष्ट पारा एथलिट अवार्ड तेक्वान्दो खेलाडी सीता भण्डारीलाई प्रदान गरियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.