माधव नेपाल अविश्वास प्रस्तावको विरोधभन्दा पनि पार्टीको गुटवन्दीमा बढी खनिए

माधव नेपाल अविश्वास प्रस्तावको विरोधभन्दा पनि पार्टीको गुटवन्दीमा बढी खनिए

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले डुब्न लागेको देश बचाउने माझीको आवश्यकता रहेको बताएका छन् ।

संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी नेता नेपालले भने–‘म एक कार्यक्रममा गएको थिए त्यहाँ गीत बजिरहेको थियो ‘मेरो देश डुब्न लाग्यो, माझी बचाई देउ’ कार्यक्रममा बजेको गीत जस्तै नेपालको अहिलेको हालत त्यस्तै छ । तर, देश जोगाउने माझी कोही देखिएन ।’

अविश्वास प्रस्तावको राजनीतिक वचाउ गर्नेतिर भन्दा पनि नेपालले पार्टीभित्र गुटबन्दी हावी हुँदै गएको गुनासो गरे । उनले एमाले पार्टी नै ठीक ढंगले चल्न नसकेको बताउँदै भने, अरुको के कुरा गर्ने ? हाम्रै पार्टी एमालेमा पनि गुटबन्दी छ । गुटगत प्रवृत्ति छ । कुनै पनि चिज संस्थागत ढंगले चल्दैन । देश, पार्टी केही पनि संस्थागत ढंगले चल्दैन् । सबैले आफूमा भएका गल्ती सुधारेर अगाडि बढ्नुपर्छ ।' उनले घुमाउरो रुपमा ओलीप्रति रोष पनि प्रकट गरे।

नेता नेपालले कुनै नेता तथा दल देश बचाउने अभियानमा नरहेको भन्दै मुलुकमा राष्ट्रिय सहमतिको खाँचो रहेको औल्याएका छन् । देशमा प्रधानमन्त्रीको म्युजिकल कुर्सी चलिरहने भन्दै नेता नेपालले आफ्नो नगरमा देशको बारेमा सोच्ने कुनै मान्छे नै नपाएको बताएका छन् ।

एमालेका वरिष्ठ नेता नेपालले एमालेले नै देश बचाउन नसकेको टिप्पणी गरे। नेपालले भने, ‘अहिले देश बचाउने कोही छैन् । एमालेले पनि देश बचाउन सकेन ।'

प्रधानमन्त्री केपी ओलीले बाँडेका ठूलठूला सपनाप्रति व्यंग्य गर्दै नेपालले भने, ‘भिजन छैन भनौँ विशाल–विशाल भिजन छन् । तर, त्यसलाई कार्यान्वयन गर्न सकिएन । सबैले आत्मसमीक्षा गरौँ । अब बढी भयो पुरानो कुरा स्थगित गरौँ नयाँ कुरालाई अगाडि बढाऔँ ।'

‘यो मुलुकमा सहमतिको खाँचो छ। प्रधानमन्त्रीको म्युजिकल कुर्सी चलिरहन्छ । मेरो चिन्ता देश र जनताको बारेमा छ,' नेपालले भने, ‘जनताको नजरमा देशको बारेमा सोच्ने मान्छे पाएको छैन् ।'

उनले प्रधानमन्त्री भएर फोटा परिवर्तन गरेर मात्र केही नहुने समेत बताए। ‘हामीले गल्ती नसुधारे व्यक्ति आउन सक्छन् फोटामा भएकाहरु फेरिन सक्छन् तर देशले पायो के त्यो मुख्य कुरा हो । आग्रहबाट प्रेरित भएर विश्लेषण गर्नु हुँदैन ।'

उनले ओलीविरुद्ध माओवादीले अविश्वासको प्रस्ताव ल्याउनु दुर्भाग्य भएको समेत बताए । ‘अविश्वासको प्रस्ताव भन्दा पहिला जब माओवादी केन्द्रबाट समर्थन फिर्ता लिने कुरा सुने यो दुभाग्यपूर्ण भयो भन्ने मलाई लागेको थियो,' उनले भने, ‘अहिलेको यो सरकार त्यही नै रहनुपर्छ भन्दिन तर संक्रमणकाल राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ । म त्यसकै पक्षमा छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.