पहिलो दिन कोहलीको शतक

पहिलो दिन कोहलीको शतक

एजेन्सीः कप्तान विराट कोहलीले शतक बनाएपछि भारतले वेस्ट इन्डिजविरुद्धको चार टेस्टको शृंखलाअन्तर्गत पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।
भारतले पहिलो दिनको खेल समाप्ति हुँदासम्म चार विकेट गुमाएर तीन सय दुई रन जोडेको छ । कोहली एक सय ४३ रनमा अविजित छन् । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ८४ रन बनाए ।

यसैगरी अजिन्क्या राहानेले २२, चेतेश्वर पुजाराले १६ र मुरली विजयले सात रन जोडे । धवन र कोहलीबीच तेस्रो विकेटका लागि एक सय पाँच रनको साझेदारी भयो । कोहलीले चौथो विकेटका लागि रहानेसँग ५७ रनको साझेदारी गरे । पहिलो दिनको समाप्तिमा रविचन्द्रन आश्विन पनि २२ रनमा अविजित छन् । कोहलीले एक सय ९७ बलको सामना गरी १६ चौका प्रहार गरेका छन् ।

कोहलीले १२ औं टेस्ट शतक बनाएका हुन् । ४२ औं टेस्ट खेलिरहेका २८ वर्षीय कोहलीले १२ टेस्ट अर्धशतक पनि बनाएका छन् । कोहलीको टेस्ट क्रिकेटमा सर्वाधिक पाली एक सय ६९ रनको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ शतक र ३६ अर्धशतक बनाएका छन् ।
कोहलीले धवनसँग मिलेर टोलीलाई सहज स्थितिमा पु¥याएका थिए । स्पिनर देवेन्द्र बिसोले उक्त साझेदारी तोडे । बिसोले बोल्ड गरेपछि धवन शतकको नजिकै पुगेर चुकेका हुन् ।

वेस्ट इन्डिजमा भएको टेस्टमा शतक बनाउने कोहली तेस्रो भारतीय कप्तान हुन् । यसअघि कपिल देव र राहुल द्रविडले मात्र यो सफलता हात पारेका थिए । कोहलीले टेस्ट कप्तानका रूपमा पाँच शतक बनाइसकेका छन्, ती सबै भारतबाहिर खेलिएका टेस्टमा बनेका हुन् ।
भारतबाहिर खेलिएका टेस्टमा सर्वाधिक शतक बनाउने भारतीय कप्तानका रूपमा कोहलीले मोहम्मद अजहरउद्दिनको कीर्तिमानको बराबरी गरेका छन् । बलिङतर्फ वेस्ट इन्डिजका बिसोले तीन र स्यानन गाब्रियलले एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.