छापामार शैलीमा झ्याप्पै पार्न खोजियो : ओली

छापामार शैलीमा झ्याप्पै  पार्न खोजियो :  ओली

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्धको अविश्वासको प्रस्ताव छापामार शैलीमा झ्याप्पै आएको बताएका छन् ।

अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘ अचम्म लागेको छ। विरोधका लागि कुनै विषय छैनन्  तर सत्ता परिवर्तनको खेल यस पटक छापामार शैलीमा झ्याप्पै भयो ।’ ओलीले प्रचण्डतर्फ हेरेर यसो भन्दा सिंगो सदन हाँसोले गुन्जिएको थियो। 

अविश्वासको प्रस्ताव आउनु अघिको भेटघाट प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘सरकारबाट फिर्ता हुने अघिल्लो दिन सरकारविरुद्धको अविश्वासको प्रस्तावसँग दुई घण्टा कुराकानी भएको थियो । भोलिपल्ट समर्थन फिर्ता लिने नयाँ खालको मोडालिटि आयो । लोकतन्त्रमा सरकार परिवर्तन सामान्य हो । तर मुलुकलाई नै अनिश्चित बनाउने गरी सरकार परिवर्तन गर्नु ठिक होइन ।’

जवाफमा प्रधानमन्त्रीको भाषण
बजेटपछि सरकार परिवर्तनको नियोजित हल्ला चलाएर सरकारको प्रभावकारितामा असर पार्ने काम भइरहे । शान्ति सुरक्षा र आपूर्ति मन्त्रालय माओवादीकै जिम्मामा थिए । शान्ति सुरक्षाका प्रश्न उठे, आपूर्तिका कुरा आए तर ति सबै माओवादीकै जिम्मामा थिए ।

यी विषयमा गुनासो आएपछि सम्बन्धित पार्टीले कदम चाल्नुपर्छ नत्र मैले कदम चाल्नुपर्छ भनेर मैले भनेकै हुँ । यी कुरा शेरबहादुर देउवासँग भनेको होइन तर मैले भनेकै हुँ । मलाई जसरी भए पनि प्रधानमन्त्रीमा रहनुपर्ने मेरो मान्यता होइन । ठिक ढंगले काम गर्न सरकारमा बस्ने नत्र छोडिदिने ।

कतिपय नेताहरु प्रतिपक्षमा बसेजस्तै गरी सरकारको आलोचनामा उत्रिए । मैले नेतालाई बोलाएर आग्रह गरे सहयात्रा इमान्दारितामा चल्छ । एजेन्डा फरक भए आफ्नो बाटो रोजौँ  । गठबन्धनमा सरकारको समर्थन नतोड्न पटकपटक आग्रह गरेँ । उच्च स्तरीय राजनीतिक समिति बनाएका थियौँ । सरकारका कामको अनुगमन गर्ने र सरकारलाई निर्देशन दिने काम उच्च स्तरीय राजनीतिक समितिको काम थियो । त्यो खोज्ने दायित्व अविश्वासको प्रस्तावका प्रस्तावकज्यूको थियो ।

होला संयोजकज्यूले कुन बैठकबाट कुन सुझाव दिनुभयो धेरै पार्टीका नेता सरकारमा थियौँ । त्यो थाहा भएन् । तर एक पटक पनि त्यसको बैठक नबसी अचानक सरकारबाट फिर्ता हुने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम भयो ।

दुनियाँलाई बेकुब बनाउने जमाना छैन अहिले । अस्ति प्रस्ताव राख्दै गर्दा कि कदम चाल्नुहोस् नत्र म चाल्छु भनेर भन्नुभयो । कांग्रेसले ठूला दल सँगै बस्नु हुँदैन भन्ने सिद्धान्त नयाँ प्रतिपादन गरेको छ ।

यो सिद्धान्त आएपछि राष्ट्रिय सहमतिको सरकारको कुरा पनि गर्नु हुँदैन । संसदमा सबैभन्दा ठूलो दल मिलेर काम गर्नु नहुने सिद्धान्त बनाएर बसेको छ भने उसको सिद्धान्त च्यूत कसरी गर्ने ? यस्तो अवस्थामा विभिन्न दल मिलाएर सरकार बनाउन बाध्य भएको, दोस्रो ठूलो दलको नेतृत्वमा तेस्रो ठूलो दल, चौथो ठूलो दल सहभागी थिए । तेस्रो ठूलो दलले सरकार छोड्दा ठूलो कुरा हुन्छ । कसैले पनि यो कुरा कल्पना गर्न सक्दैन ।

अस्ती कुरा सुनेपछि मलाई लाग्यो, प्रस्ताव आउदा आरोप के छन् सुने । आरोप सुन्दा थाहाभयो । ममाथिको अविश्वास सरकारमाथिको अविश्वास भन्दा ममाथिको अविश्वास हो । धेरै महत्वपूर्ण मन्त्रालय उहाँहरुले नै लिनुभएको थियो । मन फाटेको, चित्त काटिएको, कमलो मन दुःखेको, चित्त नबुझेको आदि कारणले रहेछ ।

मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझै धेरै पल्ट सिउँने कोसिस गरेँ ।
मैले एकल र सामुहिक रुपमा पनि कहिले साँझ, कहिले अबेला रात, कहिले बिहान कहिले दिन गरेर धेरै पटक मन तुन्ने काममा बिताएको छु । तर, भयो के भने आज तुनेर पठाउछु भोलिपल्ट अर्कातर्फ फाटेको छ फेरी तुनेर पठायो भोलिपल्ट आउदा अर्कोतर्फ फाटेको छ ।

अब यसपछि सहकार्य गर्ने साथीलाई यसका अनुभव पनि काम लागुन होसियार हुनुहोला । तर, म आज पनि भन्न चाहन्छु एक माघले जाडो जादैन ।  यो समयको समाप्ति होइन समय चालु छ । अलिकति परिस्थिति फेरिएकोहोला समय गतिशिल छ । हामी यहाँ छौँ । पारस्परिक विश्वास र सहकार्यले नै समय चल्छ भन्ने मेरो विश्वास छ । गजबको सहकार्य चलाउन कस्सिनुभएको छ शुभकामना छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको बेला पनि यही शुभकामना दिएको थिए तपाईंहरुको राम्रोहोस् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.