जियोनीको स्मार्टफोन एफ १०३ प्रो बजारमा
काठमाडौं: जियोनीले नेपाली बजारमा नयाँ स्मार्टफोन एफ १०३ प्रो ल्याएको छ । नेपाली बजारमा एफ १०३ सिरिजका फोनले पाएको सफलता र ग्राहकको मागलाई ध्यान दिई कम्पनीले नयाँ संस्करण एफ १०३ प्रो ल्याएको हो । ‘सेल्फी मास्टर' नाम दिएको एफ १०३ प्रो स्मार्टफोन सेल्फी खिच्न रुचाउने नेपाली युवा वर्गलाई लक्षित गर्दै बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
एफ १०३ प्रोमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एचडी आईपीएसइन डिस्प्ले रहेको छ । १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एमटी ६७३५ प्रोसेसर रहेको यस फोनमा तीन जीबी र्याम र १६ जीबी रोम रहेको छ । एफ १०३ प्रोमा ६.० मार्समेलोमा आधारित जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.२ प्रयोग गरिएको छ ।
एफ १०३ प्रोमा १३ मेगापिक्सेलको फास्ट फोकस रियर क्यामेरा र फेस ब्युटी तथा स्क्रिन फ्लाससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । डीटीएस साउन्ड प्रविधि प्रयोग गरिएको यो फोनमा २४ सय एमएएचको ब्याट्री रहेको छ जसले २० घन्टाको टक टाइम र चार सय ७० घनटाको स्टान्डबाई टाइम प्रदान गर्ने कम्पनीले जनाएको छ ।