पाकिस्तान प्रशासित कश्मीरमा पनि विद्रोह

पाकिस्तान प्रशासित कश्मीरमा पनि विद्रोह

एजेन्सीः पाकिस्तान प्रशासित कश्मीरमा २१ जुलाईमा भएको निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन सुरु भएको छ । पूरै क्षेत्रमा मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन् ।

उक्त चुनावमा प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पिएमएल—एन) ले ४१ सिटमा ३२ सिटमा विजयी भएको थियो । निर्वाचन प्रक्रिया र त्यसको परिणामलाई लिएर मुजफ्फराबाद, कोटली, चिनारी र मिरपुरमा मानिसहरू सडकमा निस्किएका छन् । उनीहरूले आक्रोश पोख्दै सडकमा टायर पनि जलाएका छन् ।

चुनावमा पराजित भएको मुस्लिम कन्फ्रेन्सका एक नेताले भने, ‘चुनावमा सरिफको दल पिएमएल (एन) ले प्रपोगन्डा फैलाइरहेको छ । उसका कार्यकर्ताले सर्वसाधारणको हत्या गरेका छन् ।' पिएमएलका कार्यकर्ताले आफ्ना साथीको पनि हत्या गरेको जानकारी दिएका छन् । प्रशासनले हत्याराका विरोधमा कुनै कारबाही गरेन भने भविष्यमा हुने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो । उक्त चुनावमा मुस्लिम कन्फ्रेन्स र पिपिपीले तीन÷तीनवटा सिट जितेका छन् । त्यसैले यहाँ राजनीतिक दलले चुनावप्रति गम्भीर प्रश्न उठाएका छन् ।

मुजफ्फराबाददेखि नीलम उपत्यकासम्मका मतदाताले आफूहरूलाई मतदान गर्न नदिएको भन्दै गुनासो गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरका पूर्वप्रधानमन्त्री एवं मुस्लिम कन्फ्रेन्सका नेता सुल्तान मोहम्मद चौधरीले भने, ‘चुनावमा निकै ठूलो धाँधली गरिएको छ । मतदातालाई ठूलो मात्रामा पैसा बाँडियो ।

 मिरपुर निर्वाचन क्षेत्रमा मतदातालाई पैसा बाँडिएको छ ।' उनी सन् १९९६ जुलाईदेखि २००१ जुलाईसम्म त्यहाँका प्रधानमन्त्री भएका थिए । स्थानीय बासिन्दाका अनुसार पाकिस्तान प्रशासित कश्मीरमा निर्वाचनको परिणाम सधैं पहिले नै थाहा हुन्छ । केन्द्रमा सरकारमा जो हुन्छ, उसैको दल विजयी हुने गरेको भन्दै निर्वाचनमा धाँधली हुने गरेको उनीहरूको भनाइ छ ।

एक स्थानीय बासिन्दाले भने, ‘सन् २०११ मा पाकिस्तान पिपल्स पार्टीले सरकार बनाएको थियो । त्यतिखेर केन्द्रमा उसैको सरकार थियो । हामीलाई मूर्ख बनाइन्छ, खालि अनुहार मात्रै बदलिन्छ । हामीलाई भोट हाल्ने अधिकार छ भनेर मजाक गरिन्छ ।'

पिएमएल (एन) का कार्यकर्ताले मुस्लिम कन्फ्रेन्सका एक समर्थकको मुजफ्फराबादमा हत्या गरेका थिए । यस घटनापछि सर्वसाधारण आक्रोशित भएका छन्। जनता सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न थालेपछि सरकारले समाचार प्रकाशन÷प्रसारणमा रोक लगाएको छ ।

यस्ता समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । प्रदर्शनकारीले वास्तविक मतदातालाई भोट हाल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पाकिस्तानको गुप्तचर संस्था आइएसआईले प्रधानमन्त्री सरिफको दल पिएमएललाई जिताउन धाँधली गरेको भन्दै उनीहरू प्रदर्शनमा नारा लगाएका छन् ।

उनीहरूले पाकिस्तान प्रशासित कश्मीरमा सधैं देखावटी रूपमा चुनाव हुने गरेको दाबी गरेका छन् । आफूहरूले निर्वाचनमा धाँधली भएपछि उजुरी गर्ने गरेको र त्यसको कुनै सुनुवाइ नहुने गरेको कश्मीरीको भनाइ छ ।

प्रदर्शनकारीले चुनावका नाममा कुनै पनि गतिविधि निष्पक्ष नभएको बताए । प्रत्येक पटकको चुनावमा धाँधली भएको भन्दै नागरिक विरोध प्रदर्शन गर्छन् र सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्न प्रतिबन्ध लगाइन्छ । विदेशी पर्यवेक्षकलाई उक्त निर्वाचन पर्यवेक्षण गर्न पनि अनुमति छैन ।

गैरराजनीतिक नेतृत्वको तटस्थ सरकार बनाएर मात्र चुनाव गराउनुपर्ने उनीहरूले माग राख्दै आएका छन् । पाकिस्तान सरकारले यस्तो माग सधैं अस्वीकार गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.