काबेली बजारको भ्रमपाठ

काबेली बजारको भ्रमपाठ

बीसौं शताब्दीका ध्वंसक तथा विनिर्माणवादी दार्शनिक ज्याक्स डेरिडाले भनेका छन्- ‘लेखन भनेको शब्दहरूको पर्दा हो ।' शब्दमात्रै भएर पनि लेखन हुदैँन, त्यसलाई पर्दा बनाउने प्रविधि पनि चाहिन्छ । उत्तरआधुुनिक लेखन विषयवस्तुसँगै प्रविधिमा पनि सचेत छ । समाजमा बसेपछि मानिसले भावना, स्वप्नलोक, जीजिविषा, जुगुप्सा, एकान्तपन, सांस्कृतिक चेतना, सामाजिक, राजनीतिक र आर्थिक घट्नाक्रम भोग्छ । भोगाइ नै साहित्यको कच्चापदार्थ हो ।

साहित्य जीवन र समाजको दर्पण हो । आफ्नो जीवन, नेपाली समाज, विशेष गरेर लिम्बू संस्कृति संकेत र धरानको नगरीय जीवन र अनुभूतिहरूलाई कविताको स्वरूप दिएर आप्नो मौलिक काव्यलोक बनाउन प्रयत्नरत कवि सन्तोष थेबेको हालै प्रकाशित कवितासंग्रह ‘फालेलुङ र काबेली बजार'को यहाँ भ्रमपाठ गरिएको छ । लामा/छोटा गरी जम्मा २१ कविताको संग्रहलाई यहाँ उत्तरआधुनिक आँखीभ्यालबाट चियाउने प्रयत्न गरिनेछ ।

यी समकालीन कविता किन यस्ता भए भन्नका लागि हामीले समसामयिक नेपाली इतिहास र समाजका उथलपुथललाई केलाउनुपर्ने हुन्छ । यी कविताहरूमा हिजो हेपिएका, फालिएका र किनारामा पारिएका विषय आएका छन् । केन्द्र विकेन्द्रित छन् । सत्य बहुल छन् । निजात्मक कुराले प्र श्रय पाएको छ । विषयगत अध्ययन र अनुभवले वस्तुलाई विश्लेषण गरिएका छन् । उत्तरआधुनिक साहित्यिक दर्शनका यी चरित्र आजका कविताका स्वर हुन् किनभने नेपाली समाज विगत १५ वर्षमा अनेकौं राजनैतिक उथलपुथल र परिवर्तन, पहिचानको आन्दोलन, सांस्कृतिक जागरण र नेपाली चेतनाको केन्द्रमा रहेको राजतन्त्रको उन्मुलनजस्ता ऐतिहासिक परिवर्तन चक्रमा परेको छ ।

उनी अमूर्त कवि होइनन् । अबोधगम्य पनि होइनन् । कृष्णभूषण बल, श्रवण मुकारुङ र दिनेश अधिकारीहरूकै परम्पराका कवि हुन् उनी । विम्ब निर्माणमा ध्यान दिए, मौलिक भाषा र शैलीरचना बनाए भने उनी भविष्य भएका कवि हुन् ।

समाजशास्त्री चैतन्य मि श्रअनुसार, नेपाली समाज सामन्तवादबाट पुजीवादमा रूपान्तरण भइरहेको छ । यस परिपे्रक्ष्यमा समकालीन उत्तरआधुुनिक कविताहरूको विश्लेषण र मूल्यांकन हुन जरुरी छ । यसअनुसार, भ्रमपाठ पनि एउटा हो । कुनै पनि कृतिको सही पठन हुुनै सक्दैन । पाठकले आप्mनो बुद्धिको क्षमता र कल्पनाअनुसार पठन गर्छ । यस पठनलाई उत्तरआधुनिक आलोचनामा रिडर रेजपोन्स अर्थात् पाठक प्रतिक्रिया सिद्धान्त पनि भनिन्छ ।
लेखक वाल्टर पेन्टरले भनेका छन्-सबै पठनहरू भ्रमपाठ हो । सन्तोष थेबेका कविताको भ्रमपाठ गर्दा बेग्लै अर्थ पनि निकाल्न सकिन्छ । बेग्लै अनुभूतिहरूको यात्रा गर्न सकिन्छ ।

पाठक स्वतन्त्र छ कविताको अर्थ निकाल्न उनको शीर्षक कविता ‘फालेलुङ र काबेली बजार’लाई लिउँ । यो कविता लिम्बुुवानको काबेली बगरमा बजार लाग्ने चलनबारे लेखिएको छ । ग्रामीण, विशेषगरेर आदिवासी जनजातिहरूको जीवन परिवेशलाई लेखेका छन् उनले । यस्ता काबेली बजार नेपालका विभिन्न स्थानमा छन् । एउटा प्राचीन परिवेश र त्यस परिवेशसँगको मानवीय सम्बन्ध यस कविताको विषयवस्तु हो । शंकर कोइरालाले ‘खैरेनीघाट' उपन्यासमार्पत नेपाली साहित्यमा आञ्चलिकताको प्रवेश गराएका थिए ।

कवि थेबेले यस कवितामा जाति विशेष, स्थान विशेष र परिवेश विशेषको उत्खनन गरेर आञ्चलिकताको प्रवेश गराएका छन् । ताप्लेजुङमा जन्मिएका हुन् थेबे । यो उनको आप्नो माटो र संस्कृतिप्रतिको लगाव पनि हुन सक्छ ।
कविको अर्को सशक्त कविता हो — ‘ट्र्यांकुलाइजरको समाधिबाट ।' यो कविता आजको मानसिक रोगबाट पीडित मानिसहरू जो ट्र्यांकुलाइजर खाएर जिउन बाध्य छन्, उनीहरूको समस्यामाथि लेखिएको हो । विश्वमा दिनानुदिन बढ्दो मानसिक रोगको समस्याबाट विभिन्न औषधि खाएर रोगीहरू बाँच्न बाध्य छन् । तर पनि उनीहरू पहिलेभै जीवनमा फर्कन सक्दैनन्, यसर्थ कवि लेख्छन् —

‘अतीतका धमिला घाटहरूमा वि श्राम दिन
वास्तवमा असमर्थ छ, यो ट्र्यांकुलाइजर
वास्तवमा अनर्थ छ, यो डाक्टरको हस्ताक्षर ।'
उत्तरसंरचनावादी दार्शनिक मिसेल फुकोले ‘सभ्यता र पागलपन' पुस्तकमार्पत मानसिक रोगीको समस्यालाई किनाराबाट केन्द्रमा ल्याएका थिए । कवि थेबेले यस समस्यालाई काव्यमा ल्याएका छन् । यसलाई उपलब्धि नै मान्नुपर्छ । मानसिक रोगीलाई उनी निस्सार जूनसँग विम्बात्मक तुलना गर्दै लेख्छन्- ‘एउटा निस्सार जून सधैंजस्तै आज पनि उही गतिमा घिस्रिरहेछ ।

ताप्लेजुङबाट धरान आएका कविले सहरको कृत्रिमपन, पाखण्डीपन र जडतालाई विभिन्न सन्दर्भमा व्यक्त गरेका छन् । ‘सहरको मृत्युु सम्झेर’ कवितामा उनी पुनः मानसिक रोगको सन्दर्भ ल्याउँछन्-
‘अहिले सहरभरि हल्ला छ रे
पागलखानाबाट भागेर मैले आत्महत्या गरेँ भनेर ।'
ग्रामीण परिवेश, संस्कृति र प्रकृति पनि उनका कवितामा आएका छन् । ‘सम्झनाको पुरानो रुमालमा उनी लेख्छन्-
‘के थाहा सम्झनाका पुराना रुमालहरू
कतिखेर काबेलीको दोभानमा खस्छ ।
पूर्वाञ्चलको परिवेश छ उनका कवितामा । उनको अर्को सशक्त कविता हो ‘ श्रद्धाञ्जलिमा काँपेका हातहरू’ । प्रिय मित्रको मृत्युुको सम्झनामा लेखिएको यस कवितामा सशक्त अभिव्यक्ति छ-
‘तिमी एक मुस्लो धुँवा भएर
माथि आकाशमा उडिरहेछौ
म घाटको किनारमा बसेर शोक मन्तव्य कोरिरहेछु ।'
उनका कवितामा मृत्युचिन्तन पनि आएको छ । अस्तित्ववादीहरू मृत्युचिन्तन गर्छन् । ईश्वरवादी, अस्तित्ववादी सोरेन किर्गेगार्दले बिरामी, सन्ताप र मृत्यु चिन्तनमाथि पुस्तक लेखेका छन् । सन्तोष थेबेका कवितामा पनि मृत्यु, आत्महत्या, एक्लोपन र चिन्ता छन् ।

उनी अमूर्त कवि होइनन् । अबोधगम्य पनि होइनन् । कृष्णभूषण बल, श्रवण मुकारुङ र दिनेश अधिकारीहरूकै परम्पराका कवि हुन् उनी । विम्ब निर्माणमा ध्यान दिए, मौलिक भाषा र शैलीरचना बनाए भने उनी भविष्य भएका कवि हुन् । जीवन र जगतलाई हेर्ने आँखाहरूमा सबैभन्दा उत्तम आँखा ध्यानस्थ आँखा हो । उनी अहिले मस्तिष्कले देख्ने आँखासम्म खोल्न सफल छन् ।

तर, ध्यानस्थ आँखाका संकेतहरू पनि उनका कविताहरूमा पाइन्छ । भविष्यमा उनले आप्mनो काव्य रचनामा ध्यानस्थ आँखाको प्रयोग गर्न आवश्यक छ । स्थानीय परिवेशबाट उठेर वैश्विक हुन जरुरी छ । भाषाको विपरिचितीकरण गर्न जरुरी छ । संरचनावादी रोंला बार्थले भनेका थिए-पाठमा लेखकको मृत्युको मूल्यमा पाठकको जन्म हुन्छ । यसर्थ यो ‘फालेलुङ र काबेली बजार’को पाठबाट भ्रमपाठ र पाठकको जन्म भयो ।

किताबः फालेलुङ र काबेली बजार
लेखकः सन्तोष थेबे
प्रकाशकः मोती संस्मरण समिति, धरान
पृष्ठः ७२
मूल्यः १५०÷–


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.