हसाउँदै रुवाए प्रकटले

हसाउँदै रुवाए प्रकटले

पोखराः मञ्चमा पलेंटी कसेर बसेका उनी दर्शकपट्टि फर्किएर मन्द मुस्कुराए, दर्शकमा त्यसै हाँसो गुञ्जियो । प्रेमिल गजल सुनाउन जो बसेका थिए, प्रेमिल मुस्कानले नै माद चढाइदिए अनि भने, ‘मलाई साँझ मन पर्छ ।' हातमा गिलास भएको अभिनयका साथ इसारामै भने, ‘साँझ अनि हल्काहल्का ।'

त्यति भनेलगत्तै सुनाइहाले ‘साँझ थियो तिमी थियौ, हल्काहल्का मात थियो ।प्रेमपरक गजल र प्रकट पगेनी सँगै जोडिएर आउन थालेका छन् साहित्यको बजार । प्रकटको त्यही अवतार शनिबार पोखरामा फेरि नियमित आकस्मितासाथ प्रकटमात्रै भएको थियो । ‘यो उमेरमा पनि प्रेमका कुरा गर्ने नभन्दिनुहोला', उनले विन्ती बिसाए, ‘प्रेममा उमेर हुँदैन ।' लायन्स क्लब अफ पोखरा भद्रकालीले प्रकटलाई प्रणय गजल बाचनका लागि मञ्चमा उतारेको थियो ।

गाउँघरका ठेट शब्द बटुलेर गीत बुन्न खप्पिस उनका कविता पनि उत्तिकै दमदार छन् । तर उनी आफैंलाई मन पर्ने भनेको प्रणयपरक गजलहरु नै हुन् । ‘कतिपय साथीभाइले राम्रा गीत लेख्छस्, कविता लेख्छस, तर गजलकै पछि किन भनेर पनि सोध्छन्’, उनले सुनाए, ‘तर मलाई गजलै मनपर्छ । मनपर्छ भनेपछि मनपर्छ ।'

नेपालमै सबैभन्दा पानी पर्ने ठाउँ लुम्लेको कृषि केन्द्रमा कुनै बेला प्रकट जागिर थिए । त्यही ताका साहित्यको पानीमा पौडन सुरु गर्दाका कथा पनि गजल बाचनका बीचबीचमा हाले । भने, ‘एउटा पसल थियो, साँझ परेपछि त्यहीं गएर जमिन्थ्यो ।’ एउटा पसलभित्र पिउन बसेको आफू र त्यहाँकी साहुनी भएको दृश्य सम्झन अनुरोध गर्दै प्रकटले सुनाए गजलः

तिम्रो हातले भरी गिलास पिलाएको छुट्टै मजा
को खाई को खाई गर्दै सितन खिलाएको छुट्टै मजा

प्रकटले लेखेका थुप्रै गीत आफ्नो स्वरमा रेकर्ड गराइसकेका विमल पराजुलीले उनका गीत पनि बीचबीचमा सुनाउन भ्याए । प्रणयपरक गजल सुनाउँदा प्रेमिल गफ गर्दै निकै हँसाए प्रकटले । एक दर्जन जति गजल सुनाइसकेपछि भने पालो कविताको आयो । त्यसपछि भने दर्शकदीर्घामा सन्नाटा छायो । कतिपयको आँखाको डिल आँसुले भत्काइदियो पनि ।

केल्भिन कार्टर नामका फोटो पत्रकारले सन् १९९३ मार्चमा दक्षिण सुडानमा खिचेको फोटोमाथि प्रकटले कविता लेखेका थिए । भोकले रन्थनिएको एउटा शिशु र त्यसको मृत्यु पर्खिरहेको गिद्धको तस्बिरमाथि लेखेको कथाको शीर्षक थियो-भोक ।

लायन्स क्लबले सामाजिक कामसँगै फरक कार्यक्रम गर्ने उद्देश्यले प्रकटको प्रणय गजल साँझ गरेको लायन्स क्लब अफ भद्रकालीका अध्यक्ष राजु क्षेत्रीले बताए । ५ रुपैयाँ तिरेर पोखरेलीहरु पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भरिभराउ उपस्थित भएका थिए । क्षेत्रीका अनुसार गजलकारलाई पारि श्रमिक दिएर हुने बचत लायन्सले सामाजिक सेवामा लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.