सूचना पाउने हक घरबाट थालनी गर्नुपर्छ

सूचना पाउने हक घरबाट थालनी गर्नुपर्छ

प्यारा भाइबहिनीहरू । तपाईंहरूलाई थाहा छ, वर्तमान नेपालको संविधानको धारा २७ ले सूचनाको हकको व्यवस्था गरेको छ । यो नेपालीको मौलिक हक हो । हाम्रो संविधानमा ३० प्रकारका मौलिक हकहरूको व्यवस्था छ । त्यसमध्ये सूचना माग्ने र पाउने एउटा मौलिक हक हो । यस्तो हकको प्रयोग आफूसँग सम्बन्धित र सार्वजनिक चासोको सूचना माग्न र पाउन प्रयोग गर्नुपर्छ ।

आफूसँग सम्बन्धित सूचना भन्नाले भाइबहिनीहरूले आफ्नो स्कुल र कलेजमा के के सुविधा उपलब्ध छन् भनी जान्न पाउने हक हो । तपाईंहरूले कति फिस तिर्नुपर्छ र त्यसको उपयोग कसरी हुन्छ, त्यो पनि जान्न पाउनुहुन्छ । स्कुल र कलेजले छात्रवृत्ति वितरण गर्छ, त्यो कसले के मापदण्डका आधारमा पाउँछन्, भनी जान्ने हक छ । स्कुल र कलेजमा कहिले बिदा हुन्छ, कहिले परीक्षा हुन्छ, कुनकुन शिक्षकले अध्यापन गराउनुहुन्छ भनी जान्ने हक विद्यार्थी भाइबहिनीहरूमा सुरक्षित छ । यसर्थ यस्ता कुरा आफ्ना शिक्षकसँग सोधपुछ गरी थाहा पाउनुपर्छ ।

घरपरिवारमा पनि आफ्ना आमाबुवा, दाइदिदी, हजुरवा—हजुरआमासँग आफूले जान्न र बुझ्न चाहेको कुरा सोध्नुपर्छ । सूचना पाउने हक घरबाटै थालनी गर्नुपर्छ । जिज्ञासु बालबालिकालाई सो सूचना दिनु अभिभावकको कर्तव्य हो । भाइबहिनीहरूले पनि आफूभन्दा साना भाइबहिनीले सोधेका वा जान्न चाहेका कुरा झर्को नमानी बताई दिनुपर्छ । यसबाट नागरिकको कर्तव्य पूरा भएको ठहरिन्छ ।

जहाँसम्म सार्वजनिक चासो वा सरोकारको विषय छ, यो सवै देशवासीलाई प्रभाव पार्ने विषयसँग सम्बन्धित छ । भूकम्प र बाढीपिडितले लामो समयसम्म पनि राहत नपाएको गुनासो सुनिन्छ । यसमा के कति रकम वितरण भयो भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सूचना माग गर्नुपर्छ ।

यसैगरी, नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको छ । आफू उपचारको लागि गएको अस्पतालमा यी निःशुल्क वितरण हुने औषधि के के छन् भनी जान्ने प्रयास गर्नुपर्छ ।

यसरी प्राप्त भएको सूचना दुरुपयोग गर्नु हुँदैन । आफूले प्राप्त गरेको सूचना अरुलाई पनि जानकारी दिन कञ्जुस्याइँ गर्नु हुदैंन । हामीले सूचनाको हकसम्बन्धी ऐन, २०६४ निकायसँग संविधान र कानुनबमोजिम लिखित र मौखिक रूपमा सूचना माग्न र पाउन सक्छौं भन्ने बुझी राखौं । आफूलाई आवश्यक परेको बखत आफूले र आफ्ना अभिभावकमार्फत सूचना माग्न र पाउन पछाडि नपारौं भन्ने सन्देश दिन चाहन्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.