आफ्नै देशको झन्डा बोकेर खेल्न चाहन्छन् कुबेती खेलाडी

आफ्नै देशको झन्डा बोकेर खेल्न चाहन्छन् कुबेती खेलाडी

कुबेतसिटीः कुबेतका खेलाडीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झन्डामुनि रहेर रियो ओलम्पिक नखेल्ने अडान लिएका छन् । सरकारी हस्तक्षेप भएको भन्दै आईओसीले कुबेतको राष्ट्रिय ओलम्पिक कमिटी र विश्व फुटबल महासंघ (फिफा) ले राष्ट्रिय फुटबल संघमाथि प्रतिबन्ध लगाएका छन् ।

आईओसीको प्रतिबन्धका कारण ओलम्पिकमा सहभागिता जनाउने कुबेतका खेलाडीले आईओसीकी झन्डा बोकेर खेल्नुपर्ने बाध्यता छ ।कुबेतका चर्चित सुटिङ खेलाडी फेहिद अल दिहानीले रियो ओलम्पिकमा आईओसीको झन्डा बोकेर खेल्न अस्वीकार गरेका छन् । ‘म कुबेत आर्मीको बफादार सिपाही हुँ, त्यसैले म ओलम्पिकमा पनि मेरै देशको झन्डा बोकेरै खेल्न चाहन्छु । मलाई आईओसीको झन्डा बोकेर ओलम्पिक खेल्ने मन छैन’, उनले भने । दिहानी कुबेतका लागि ओलम्पिकका पदक जित्ने पहिलो खेलाडी हुन् ।

रियो ओलम्पिकका लागि छनोट भएका दिहानीले सन् २००० को सिड्नी ओलम्पिक र सन् २०१२ को लन्डन ओलम्पिकमा पनि भाग लिएका थिए । उनले ती दुईवटै ओलम्पिकमा कांस्य पदक जितेका थिए । अन्तिम समयमा कुबेत सरकार र आईओसीबीच कुराकानी भइरहे पनि दिहानीसहित कुबेतका अन्य सातजना खेलाडीले आईओसीको झन्डामुनि खेल्न अस्वीकार गरेका छन् ।

 

ओलम्पिकका लागि छनोट भएका कुबेतका खेलाडीले ओलम्पिकमा सबैभन्दा ठूलो कुरा भनेको आफ्नो देश र देशको झन्डा बोक्नु नै रहेको धारणा व्यक्त गरेका छन् । कुबेतका खेलाडीहरूले आफ्नो देशको झन्डा बोकेर खेल्न नपाए आफूहरूका लागि ओलम्पिक सहभागिताको कुनै अर्थ नहुने पनि बताएका छन् । कुबेत सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईओसीले गत जुनमा पुनः कुबेतलाई प्रतिबन्ध गरेको थियो । कुबेतलाई आईओसीले प्रतिबन्ध लगाएको यो तेस्रो पटक हो । यसअघि सन् २००७ मा आईओसीले पहिलोपटक कुबेतमाथि प्रतिबन्ध लगाएको थियो ।

कुबेत सरकारले भने आईओसीको प्रतिबन्धका कारण कुबेतलाई ठूलो क्षति भएको जनाउदै आईओसीसँग एक अरब अमेरिकी डलरको क्षतिपूर्ति माग गर्दै कानुनी लडाइँ लड्ने जनाएको छ । कुबेतका युवा तथा सूचनामन्त्री शेख सलमान अल हुमोद अल सबाहले कुबेतमाथिको निलम्बन अन्यायपूर्ण भएकाले ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस' मा पुनरावेदन गरिने बताए । कुबेत सरकारले अहिले ओलम्पिकमा खेलाडीले आफ्नै देशको झन्डा बोकेर खेल्न पाउनुपर्ने माग संयुक्त राष्ट्रसंघमार्फत पनि अघि बढाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.