रोमासँग हार्‍यो  लिभरपुुल

रोमासँग हार्‍यो  लिभरपुुल

न्युयोर्कः प्रिसिजन मैत्रीपूर्ण क्लब फुटबल प्रतियोगिता इन्टरनेसनल च्याम्पियन्स कपको आफ्नो अन्तिम खेलमा इङ्लिस क्लब लिभरपुल इटालियन सिरिए प्रतिद्वन्द्वी एएस रोमासँग २–१ गोलले पराजित भएको छ । क्यालिफोर्नियामा भएको खेलमा रोमाका इडेन डेको र मोहम्मद सलाहले एकएक गोल गरे । लिभरपुलका सेई ओजोले खेल बराबरीमा ल्याए पनि रोमाले पुनः अग्रता लिएको थियो ।

खेलमा सलाहले निर्णायक गोल गरेका हुन् । पहिलो रोजाइका खेलाडीसहित उत्रिएको लिभरपुलले खेलमा प्रभाव देखाउन सकेन । म्यानचेस्टर सिटीका पूर्वखेलाडी डेकोले २९ औं मिनेटमा रोमालाई अग्रता दिलाएका थिए । त्यसअघि नै उनी दुईवटा राम्रा अवसरमा गोल गर्नबाट चुकेका थिए । ओजोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्लिस क्लबलाई बराबरीमा ल्याइपुर्‍याएका थिए ।

जेम्स मिल्नरले गरेको कर्नर प्रहारमा ओजोले हेडमार्फत गोल गरेका थिए । तर सलाहले ६२ औं मिनेटमा गोल गरेपछि रोमाले पुनः अग्रता लिएको हो । डेकोले गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक सिमोन मिग्नोलेटले रोके पनि सलाहले रिबाउन्डमा गोल गरे ।

च्याम्पियन्स कपमा लिभरपुलले दोस्रो हार व्यहोरेको हो । अब उसले मैत्रीपूर्ण खेलमा आगामी शनिबार इङ्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीमा स्पेनिस लिग च्याम्पियन बार्सिलोनाको सामना गर्नेछ ।

हारपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्ना खेलाडी थाकेर खेल्न नसकेको बताए । उनले टोलीमा खेलाडीको अनुशासनलाई लिएर पनि चिन्ता व्यक्त गरे । प्रिसिजन भिडन्तमा लिभरपुल यसअघि चेल्सीसँग १-० गोलले पराजित भएको थियो । अमेरिकामा भएको च्याम्पियन्स कपमा इङ्लिस क्लब चेल्सी र लेसिस्टर सिटीका लागि पनि सुखद रहन सकेन ।

लिभरपुललाई हराएको चेल्सी रियल म्याड्रिडसँग ३-२ गोलले पराजित भएको थियो । यसैगरी पहिलो खेलमा सेल्टिकसँग १-१ गोलको बराबरी खेलेको लेसिस्टर फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) सँग ४-० गोलले हारेको थियो ।

लेसिस्टरले अबको भिडन्तमा बार्सिलोनाको सामना गर्नेछ । गत सिजन क्लबसँग आबद्ध भएपछि क्लोपले कमजोर प्रदर्शन गरिरहेको लिभरपुललाई माथि ल्याए पनि उपाधि होडमा भने राख्न असफल भएका थिए ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डमा यसअघि काम गरेका क्लोपबाट लिभरपुलले टोलीको पुनरागमनको अपेक्षा गरेको छ । लिभरपुल गत सिजन घरेलु लिगमा आठौं स्थानमा रहेको थियो । गत सिजन घरेलु लिगमा तेस्रो स्थान हात पारेको एएस रोमा युरोपियन च्याम्पियन्स लिग प्ले अफको तयारीमा छ । इटालीको अर्को सिरिए क्लब नापोलीले पनि सोमबार राति भएको मैत्रीपूर्ण खेल जित्यो ।

नापोलीले फ्रान्सको निसलाई ३-० गोलले हरायो । नापोलीको जितमा कालिडोउ कोलिबेलीले दुई र ड्रायस मार्टेन्सले एक गोल गरे । कोलिबेलीले नवौं र २८ औं मिनेटमा गोल गरेका थिए । मार्टेन्सले २४ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए । नापोली गत सिजन घरेलु लिगमा उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.