आयो ‘दुःखी’को स्मृति ग्रन्थ 

आयो ‘दुःखी’को स्मृति ग्रन्थ 

काठमाडौंः इतिहासकार, कथाकार, कवि एवं नाटककार सुन्दरप्रसाद शाह ‘दुःखी’को व्यक्तित्व बुझ्न सकिने स्मृति ग्रन्थ सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित शाहको प्रथम स्मृति सभामा इतिहासकार ज्ञानमणि नेपालले स्मृति ग्रन्थ सार्वजनिक गरेका हुन् । शाहको गत वर्ष साउन १७ गते ८४ वर्षको उमेरमा निधन भएको थियो ।

भरतविक्रम ढकालद्वारा सम्पादित स्मृति ग्रन्थबारे बोल्दै इतिहासकार नेपालले सुन्दरप्रसाद शाहका पाँच उपन्यास क्रमशः प्रतिवाद, त्रिफट्, बहादुर शाह, कान्तवती, सानो हजुरलगायत अन्य कृति समेतको अध्ययन गरी स्मृति ग्रन्थमा समावेश गरेर सबैका निम्ति उपयोगी बनाइएको बताए । वाल्मीकि क्याम्पसका प्राध्यापक नवराज कट्टेलले ग्रन्थ सुन्दरप्रसादको बहुआयामिक व्यक्तित्व बुझ्न सहयोगी रहेको बताए ।

स्मृति ग्रन्थमा पर्नुपर्ने सबै तत्व यसमा रहेको उनले बताए । छोरा सञ्जीवले बुबाका कृतिबारे अध्ययन गरी कृति प्रकाशन गर्नेहरूलाई प्रोत्साहनस्वरूप वार्षिक पुरस्कार दिने घोषणा गरे ।

तीन सय ८४ पृष्ठको स्मृति ग्रन्थ पाँच खण्डमा विभाजित छ । कृतित्व, व्यक्तित्व, कृति समीक्षा, कथा, कविता, नाटक, कृति परिचय, भूमिका आदिका अलगअलग खण्ड बनाई स्मृति ग्रन्थ तयार पारिएको छ । शाहको प्रशासनिक योगदान, धार्मिक प्रवृत्तिलगायतका विविध पक्षसमेत स्मृति ग्रन्थमा समेटिएको छ । ३५ जना परिचित व्यक्तित्वलाई समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.