एएफसी कपको तयारीमा थ्रीस्टार

एएफसी कपको तयारीमा थ्रीस्टार

काठमाडौंः रुस्लान थ्रीस्टार क्लबले मंगोलिसामा अगस्ट २१ तारिखबाट सुरु हुने एएफसी कपको प्ले अफ छनोटका लागि तयारी तीव्र बनाएको छ । टोलीले तीन सातादेखि तयारी सुरु गरेको हो ।

२०७१ सालको लिग विजेताको रूपमा थ्रीस्टारले एएफसी कप प्ले अफ छनोट खेल खेल्ने मौका पाएको हो । थ्रीस्टारले एएफसी कपका लागि मेघराज केसीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । टोलीको सहयाक प्रशिक्षकमा रवीन्द्र शिलाकार छन् ।

प्रशिक्षक केसीको सल्लाहमा थ्रीस्टारले एएफसी कपका लागि २० खेलाडीलाई टोलीमा अनुबन्ध गरेर प्रशिक्षण र तयारी सुरु गरेको हो । टोलीको गोलरक्षकमा एलन न्यौपाने, विनय श्रेष्ठ र अभिषेक बराल छन् । रक्षकमा रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल र विष्णु सुनार छन् । मिडफिल्डरमा विक्रम लामा, नीराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ र विष्णु गुरुङ छन् ।

स्ट्राइकरमा बुद्ध राज लिम्बु (चेम्जोङ), असीमजंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी र सुशान श्रेष्ठ रहेका छन् । टोलीमा रहेका दुई विदेशी खेलाडी पिटर सेगुन र मार्टिन्स कायोडे नाइजेरियाका हुन् ।

 

एएफसी प्लेअफ छनोटमा थ्रीस्टार समूह ‘बी' मा रहेको छ । समूहमा आयोजक मंगोलियाको इर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्लड फुटबल क्लब छन् । थ्रीस्टारले पहिलो खेल अगस्ट २१ तारिखमा आयोजक इर्चिमसँग खेल्नेछ । दोस्रो खेलान अगष्ट २३ मा नागावोर्लडसँग प्रतिस्पर्धा गर्नेछ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ ।

प्रत्यके समूहको उत्कृष्ट टोली अर्को चरणमा प्रवेश गर्नेछ । एएफसी कपको प्ले अफ खेल्ने थ्रीस्टार नेपालको पहिलो टोली हो । यसअघि लिग विजेताको रूपमा थ्रीस्टार दुई पटक एएफसी प्रेसिडेन्ट कपको अन्तिम चरणमा पुगेको थियो ।

एएफसी कपको तयारीका लागि थ्रीस्टारले साउन २१ गते विभागीय टोली एपीएफसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । मैत्रीखेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.