महेन्द्र दल गणलाई उपाधि 

महेन्द्र दल गणलाई उपाधि 

भरतपुरः तेस्रो चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि दी फेमस महेन्द्र दल गण भरतपुरले जितेको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा बुधबार सम्पन्न फाइनल खेलमा हरि स्मृति क्लब दिव्यनगरलाई ५-० गोलले पराजित गर्दै महेन्द्र दल गणले उपाधि हात पारेको हो । उपाधिसहित महेन्द्र दल गणले एक लाख २१ हजार रुपैयाँ नगद पुरस्का प्राप्त गरेको छ । उपविजेता हरि स्मृतिले ५५ हजार पाँच सय रुपैयाँ प्राप्त गर्‍यो ।
महेन्द्र दल गणलाई उपाधि दिलाउन फाइनल खेलमा शिव थापाले ह्याट्रिक गरेका थिए । उनी फाइनल खेलको म्यान अफ दी म्याचसमेत घोषित भए । महेन्द्र दल गणलाई शिवले खेल सुरु भएको चौथो मिनेटमै अघि बढाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको महेन्द्र दल गणले दोस्रो हाफमा थप चार गार गर्दै सान्दार जित आत्मसात् गर्‍यो । महेन्द्र दल गणलाई दोस्रो हाफ सुरु भएलगत्तै खेलको ४७औं मिनेटमा शक्ति धिमालले २-० ले अघि बढाएका थिए । त्यसको तीन मिनेटपछि नै कप्तान सन्तोष नेपालीले टोलीलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४औं र ८४औं मिनेटमा लगातार दुई गोल गर्दै शिवले ह्याट्रिक पूरा गर्दा महेन्द्र दलको जित ५-० ले पक्का भएको थियो । महेन्द्र दल गणका कप्तान नेपाली प्रतियोगिताकै उत्कृष्त खेलाडी घोषित भए । सोही टोलीका दिनेश कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । एभरेस्ट क्लबका देव गुरुङ प्रतियोगिताका सर्वाधिक गोलकर्ता तथा एभरेस्टकै मनीष आले उत्कृष्ट मिडफिल्डर घोषित भए । उत्कृष्ट घोषित खेलाडीले पनि जनही पाँच हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.