सुनील राष्ट्रिय टोलीमा 

सुनील राष्ट्रिय टोलीमा 

काठमाडौंः नेदरल्यान्ड्सविरुद्ध हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) वल्र्ड क्रिकेट लिग (डब्लूसीएल) च्याम्पियनसिप खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । १५ सदस्यिय टोलीमा सुनील धमलाले पहिलोपटक स्थान पाएका छन् । नेपालले अगस्ट १३ र १५ मा नेदरल्यान्ड्समा दुईवटा एकदिवसीय खेल खेल्दैछ । पारस खड्काको कप्तानी रहेको टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्लले निरन्तरता पाएका छन् । शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, विनोद भन्डारी, सागर पुन, राजु रिजाल, अनिलकुमार मण्डल, राजेश पुलामी टोलीमा छन् ।

यसैगरी सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र विक्रम सोबले पनि टोलीमा ठाउँ बनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा आईसीसी प्रतिनिधि बैंकटपति राजु, प्रमुख प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको टोलीले टिम छनोट गरेको हो । आईसीसीको एफिलिएट तथा एसोसिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगितासमेत रहेको डब्लूसीएल च्याम्पियनसिपमा आठ टोली सहभागी छन् । हरेक टोलीले प्रत्येकसँग दुईदुईवटा एकदिवसीय खेल खेल्नेछ । प्रतियोगिताको शीर्ष चार टोली सन् २०१८ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा छानिनेछन् । नेपालले तीनवटा टोलीसँग खेलिसकेको छ ।

नेपाल ६ खेलबाट चार अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले ६ खेलबाट १० अंक जोडेको छ । नेदरल्यान्ड्सले प्रतियोगितामा हार बेहोरेको छैन । उसले खेलेका चार खेलमा जित हात पार्‍यो भने दुईवटा खेल रद्द भएपछि एक एक अंक बाँडेको थियो । ६ खेलपछि हङकङको नौ, पपुआ न्युगिनीको आठ र स्कटल्यान्डको सात र केन्याको ६ अंक छ । नेपालले नामिबियासँग खेलेका दुवै खेल जितेर अंक जोड्न सफल भएको थियो ।

 

नेपालले नामिबियासँग गत अप्रिल १६ र १८ मा खेलेको थियो । त्यसअघि पहिलो चरणमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुआ न्युगिनीसँग खेलेको नेपाल सबै चार खेलमा पराजित भएको थियो । प्रारम्भिक ब्याट्सम्यान सुनील ब्याटिङ अलराउन्डर हुन् । क्षेत्र नम्बर ९ कञ्चनपुरबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गरेका उनी राम्रो स्पिन बलिङ गर्न सक्छन् । यसअघि बन्द प्रशिक्षणामा परे पनि सुनील सिनियर राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् । यू-१९ राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि सिनियर टोलीमा उनको भविष्य हेरिएको थियो । सुनीलले यसै वर्ष बंगलादेशमा भएको आईसीसी यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बायाँ हाते युवा स्पिनर सन्दीप लामिछाने लगातारको लयसँगै टोलीमा निरन्तरता पाउन सफल भएका हुन् । उनले नामिबियासँगको खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेका थिए । नेपाली टोलीले भर्खरै इङ्ल्यान्ड भ्रमणका क्रममा लर्डसमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध उत्रँदै जित हात पारेको थियो । नेपाली टोली पछिल्लो समय लयमा देखिएको छ । युवा खेलाडीहरू सिद्धान्त लोहनी, आरिफ सेख, अविनाश कर्ण, प्रदीप ऐरीलगायतले यसपटक पनि टोलीमा स्थान बनाउन सकेनन् । यसैगरी विकेटकिपर तथा प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले पनि स्थान बनाउन सकेनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.