विमल एक्सटेपको ब्रान्ड एम्बेसडर

विमल एक्सटेपको ब्रान्ड एम्बेसडर

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरलाई स्पोर्टस वेयर कम्पनी एक्सटेपले ब्रान्ड एम्बेसडर बनाएको छ । एक्सटेप चिनको अन्तर्राष्ट्रि खेलकुद सामग्री र पोशाख उत्पादन कम्पनी हो ।

एक्टेपले बिलमसँग एक वर्षका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा बिहिबार एक्टेप ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका निर्देशक गणेश श्रेष्ठ र विमल घर्तीमगरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार विमलले एक्टेप ब्रान्डको पोशाख, जुत्ता लगायतका सामग्री लगाएर बजार प्रवद्र्धनमा सहयोग गर्नेछन् । एक्टेपले भने विमललाई पोशाख लगायत सम्मानजनक आर्थिक रकम उपलब्ध गराउने छ । आर्थिक रकम भने दुवैपक्षबाट नखुलाउने सहमति भएको बताईएको छ ।

‘विश्वभर चर्चा पाएको एक्टेप ब्रान्डसँग जोडिन पाउँदा खुशी छु । यसले मेरो फुटबल टोलीलाई समेत हौसला मिलेको छ,’ संझौता कार्यक्रममा विमलले भने । यसैगरी रेन्बोका निर्देशक गणेशले राष्ट्रय टोलीका चर्चित युवा खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउनु पाउँदा उत्साहित भएको बताए । उनले छिट्टै राष्ट्रिय टोलीका अन्य चारखेलाडीलाई पनि सहयोग गर्ने जानकारी दिए ।

एक्टेप ब्रान्डको चीनमामात्र सातहजार आधिकारिक विक्रि केन्द्र रहेको छ । एक्टेप ब्रान्डको पोशाक स्पेनिस चर्चित क्लब भिल्लारियलको पनि आधिकारिक पोशाक हो । विमलसँगको संझौतासँगै एक्टेपले बिहिबार देखि नै नेपालमा औपचारिक ब्यापार समेत सुरुआत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.