आयोजक ब्राजिल र अमेरिकाको जित

आयोजक ब्राजिल र अमेरिकाको जित

रियो दी जेनेरियोः कीर्तिमानी ओलम्पियन माइकल फेल्प्सले रियो ओलम्पिकको उद्घाटनमा अमेरिकी टोलीको नेतृत्व गर्दै झन्डा बोक्ने भएका छन् । ओलम्पिक खेलकुदको मार्च पास्टमा फेल्प्सले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाएको यो पहिलोपटक हो । अमेरिकाको राष्ट्रिय ओलम्पिक कमिटीलेले रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा पौडीबाज फेल्प्सले झन्डा बोक्ने जनाएको हो ।

फेल्प्स ओलम्पिक खेलकुदमा सर्वाधिक स्वर्ण र पदक जित्ने खेलाडी हुन् । उनले ओलम्पिक खेलकुदमा १८ स्वर्णसहित कुल २२ पदक जितेका छन् । सन् २०१२ को लन्डन ओलम्पिक खेलकुदपछि सन्न्यास लिएका ३१ वर्षीय फेल्प्सले त्यसको केही समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कने निर्णय सार्वजनिक गरेका थिए । सन्न्यास फिर्तीकै बेला फेल्प्सले रियो ओलम्पिक खेल्ने इच्छा पनि व्यक्त गरेका थिए ।

‘झन्डा बोक्ने जिम्मेवारी पाएकोमा सम्मानित महसुस गरेको छु । त्यसमा पनि अमेरिकाको झन्डा बोक्न पाउनु विशेष खुसीको कुरा हो', फेल्प्सले भनेका छन् । उनले ओलम्पिक खेल्न लागेको यो पाँचौंपटक हो । उनले राष्ट्रिय टोलीको सदस्यको मतदानका आधारमा झन्डा बोक्ने जिम्मेवारी पाएको जनाइएको छ ।

फेल्प्सले सन् २००८ को ओलम्पिकमा आठवटा स्वर्ण पदक जित्दै एउटै ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए । १५ वर्षको उमेरमा सन् २००० को सिड्नी ओलम्पिकमा सहभागिता जनाएका फेल्प्सले त्यति बेला पदक जित्न नसके पनि ओलम्पिक खेलकुदमा सहभागी हुने ६८ वर्षयताकै सबैभन्दा कान्छा पुरुष खेलाडीको कीर्तिमान बनाएका थिए ।

 

उनी सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र दुई कांस्य पदक जित्न सफल भएका थिए । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा पनि चार स्वर्ण र दुई रजत पदक जितेका थिए । ‘सिड्नीमा म टोलीमा पर्न चाहन्थेँ । एथेन्समा मेरो उद्देश्य राष्ट्रका लागि स्वर्ण पदक जित्नु थियो ।

बेइजिङमा आएर त्यसअघि कुनै पनि खेलाडीले गर्न नसकेको उपलब्धि हात पार्न चाहन्थेँ । लन्डनमा मेरो उद्देश्य इतिहास बनाउनु थियो । रियो ओलम्पिकमा म उद्घाटन समारोहमा हिँड्न चाहन्छु', उनी भन्छन्, ‘अमेरिकालाई सबैभन्दा उत्कृष्ट स्तरमा प्रतिनिधित्व गर्न चाहन्छु र परिवारलाई खुसी बनाउन चाहन्छु ।

यो कुरा पदक जित्नेभन्दा ठूलो विषय हो ।' ओलम्पिक खेलकुदको उद्घाटनमा अमेरिकाको झन्डा बोक्ने फेल्प्स दोस्रो पौडी खेलाडी हुनेछन् । यसअघि सन् १९७६ को ओलम्पिकको उद्घाटन समारोहमा पौडीबाज गेरी हलले अमेरिकाको झन्डा बोकेका थिए । फेल्प्सले रियो ओलम्पिकमा तीनवटा व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.