नेपालीमूलका प्रबलको डिजाइन मन पराउँछिन हिलारी

नेपालीमूलका प्रबलको डिजाइन मन पराउँछिन हिलारी

अमेरिकाको राष्ट्रपतीय चुनावी अभियानको क्रममा रहेकी हिलारी क्लिन्टन फेसन कन्सियसको रूपमा पनि चर्चित छिन् । उनी अहिले संसारभरका मानिसको चासोको विषय बनेकी छिन् ।

संसार प्रसिद्ध ६८ वर्षे क्लिन्टनले लगाउने पोसाकमध्ये नेपालीमूलका प्रबल गुरुङले गरेको उनको रोजाइमा परेको छ । गुरुङ पनि हिलारीको ठूलो फ्यानको रूपमा प्रस्तुत भएका छन् । गुरुङले व्यक्तिगत रूपमा हिलारीलाई नै समर्थन गरेका छन् । हिलारीलाई मन पराउनुको कारण उनले यस्तो भन्छन्ः हिलारीको लचिलो धारणा, उनले उठाएको महिला–पुरुषको समान आम्दानी, तेस्रोलिंगीको समान अधिकारलगायतका विषय र स्ट्रेटफरवार्ड बानी ।

विशेषगरी चुनावी अभियानमा हिलारीले लगाएका पहिरनको चर्चा हुँदै आएको छ । फेसनसेन्स अब्बल भएकी हिलारी पब्लिक फिगरको रूपमा सफल बन्न लुगामा पनि ध्यान दिनुपर्ने धारणा राख्छिन् । भन्छिन्, 'हामीले फेसन र सुन्दरतालाई उत्तिकै ध्यान दिनुपर्छ । समग्रमा सबैतर्फ ख्याल गर्नुपर्छ । कुनै पनि आलोचनालाई व्यक्तिगत रूपमा लिनु हुँदैन । हरेस खानु हुँदैन, कोसिस जारी राख्नुपर्छ । विशेषगरी महिलाको आलोचना धेरै गरिन्छ । अनेक लाञ्छना लगाइन्छ । पुरुषको पोसाकलाई लिएर कमै आलोचना हुन्छ । तर महिलाको पोसाकको भनै सबैले नोटिस गर्छन् । यस्तो विषयमा ध्यान पुर्‌याउनुपर्छ ।'

चुनावी दौडमा रहेकी हिलारी पुरुष क्यान्डिडेटहरूको पहिरनको चर्चा कम हुने बताउँछिन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले सात हजार डलरभन्दा बढी मूल्यको सुट लगाउने उनले बताइन् ।

सामान्य तथा भलाद्मी पोसाक मन पराउने हिलारी शालीन ढंगमा प्रस्तुत हुन्छिन् । प्यान्टसुट उनको मुख्य रोजाइ हो । जर्मनी चान्सलर एन्जेला मर्केलले पनि हिलारीको जस्तै डिजाइन छनोट गरेकी छिन् । विश्लेषकहरू उनीहरूको शैली र प्याट्रन उस्तैउस्तै भएको टिप्पणी गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.