एक्सटेप ब्रान्डका सामग्री नेपाली बजारमा
काठमाडौंः चाइनाको प्रतिष्ठित स्पोर्टस ब्रान्ड ‘एक्सटेप' जुत्ता, ट्रयाक सुट, ज्याकेटको नेपाली बजारमा बिक्री सुरु भएको छ । एक्सटेपको आधिकारिक विक्रेता रेन्बो प्रालिले नेपालमा बिक्री सुरु गरेको हो ।
बजरमा एक्सटेपका जुत्ता, ट्रयाक सुट, ज्याकेट र अन्य स्पोर्टसम्बन्धी पोसाक र पहिरन उपलब्ध हुनेछन् । यो सँगै खेलप्रेमीलाई विभिन्न सामान खोजिराख्ने झन्झटबाट मुक्त हुने आशा कम्पनीले लिएको छ ।
उत्कृष्ट एवं गुणस्तरीय सामान बिक्री गर्ने लक्ष्य रहेको यस कम्पनीले आफ्नो ब्रान्ड स्थापित गर्न न्युरोडस्थित रञ्जना गल्लीमा प्रमुख आउटलेट स्थापना गरेको छ । कम्पनीले निकट भविष्यमा पोखरा, नारायणघाट, बुटवल, भैरहवा, विराटनगर, धरान, ताप्लेजुङलगायतका स्थानमा आउटलेट विस्तार गर्ने योजना बनाएको छ ।
यो ब्रान्ड खेलसँग प्रत्यक्ष संलग्न रहने व्यक्तिका लागि प्रमुख रोजाइमा पर्ने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरलाई ब्रान्ड एम्बेसडर तोकेको छ । आगामी दिनमा अन्य खेलाडीलाई पनि यस ब्रान्डसँग आबद्ध गराउने लक्ष्य रहेको जनाएको छ ।