दुई सय बालबालिका विद्यालयबाहिर

दुई सय बालबालिका विद्यालयबाहिर

सुर्खेतः विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन हरेक वर्ष भर्ना अभियान सञ्चालन गरिए पनि सर्खेतमा अहिले करिब दई सय बालबालिका विद्यालयभन्दा बाहिर छन् । जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा नै अझै पनि जिल्लामा एक सय ७१ जना विद्यालय उमेरका बालबालिका विद्यालयभन्दा बाहिर रहेको उल्लेख छ ।

प्रत्येक वर्ष भर्ना अभियान सञ्चालन गरेर सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रयास हँदै आएको छ । तर विभिन्न कारणले गर्दा सर्खेतमा अहिले पनि एक सय ७१ जना बालबालिका विद्यालयमा भर्ना नभएको शिक्षा कार्यालयले जनाएको छ । जिल्लाभरका विद्यालयले शिक्षा कार्यालयमा दिएको तथ्यांकमा ती बालबालिका विद्यालयभन्दा बाहिर रहेको जनाइएको हो ।

आर्थिक अभाव, घरको काम, अभिभावक नहन, शारीरिक अपांगता, विद्यालय जान डराएका कारण र बालविवाह गरेका कारण उनीहरू विद्यालयबाहिर रहेको शिक्षा कार्यालयको भनाइ छ ।

शिक्षा कार्यालयले बितेको आर्थिक वर्षमा कार्यालयबाट सम्पन्न भएका काम र सफलता सार्वजनिक गर्दै यस्तो जनाएको हो । जिल्लामा विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन चनौती रहेको कार्यालयले जनाएको हो ।

कार्यालयका अनसार अहिले जिल्लाका एक सय बालक र ७१ जना बालिका विद्यालयभन्दा बाहिर रहेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले बाबआमासँगै भारत गएका कारण ५४, विद्यालय टाढा भएकाले २५, आर्थिक अभावका कारण २४, घरको कामले ११ र बाल श्रमिक ५ जना विद्यालयमा नगएको बताए ।

उनका अनसार पढ्ने मन नभएका ८, शारीरिक अपांगताका कारण १८, पाको उमेर भएका कारण ३, विद्यालय जान डराएर १, सस्तमनिस्थतिका कारण ९ र बालविवाह गरेका कारण १ जना विद्यालय उमेरका बालबालिका विद्यालय गएका छैनन् ।

 

वीरेन्द्रनगरमा रहेको जिल्ला शिक्षा कार्यालय सर्खेतको भवन ।अन्नपूर्ण

जिल्ला शिक्षा अधिकारी दीपा हमालले भनिन्, ‘अझैं पनि बालबालिका विद्यालयबाहिर छन्, उनीहरू सबैलाई विद्यालयमा ल्याउन धेरै चनौती छ । यो काममा सामूहिक प्रयास आवश्यक छ, हामी अब यसमा केन्द्रित हनेछौं ।' विद्यालय उमेरका कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हन नहने उनको भनाइ छ । त्यसका लागि कार्यालय लागि परेको समेत जिल्ला शिक्षा अधिकारी हमालले जानकारी दिइन् ।

शिक्षा कार्यालयको तथ्यांकमा एक सय ७१ जना मात्र बालबालिका विद्यालयबाहिर रहेको जनाइए पनि अरू बालबालिका पनि विद्यालयबाहिर रहेको हन सक्ने सरोकारवालाले बताएका छन् । आर्थिक अभावकै कारण बालबालिकालाई अभिभावकले नै विद्यालयमा नपठाउने गरेको भन्दै सरोकारवालाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

यस्तै शिक्षा कार्यालयले गएको आर्थिक वर्षमा जिल्लाको शैक्षिक गणस्तर वृद्धिका लागि विभिन्न काम गरिएको जानकारी दिएको छ । विद्यालयलाई बालमैत्री बनाउने अभियान सर भएको, विद्यालयमा बिहानी कक्षामा रोक लगाइएको, शिक्षकको दरबन्दी मिलान गरिएको, जिल्लाका चारवटा प्रवि समायोजन गरिएको, विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाइ सर भएको र सरोकारवालासँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

शिक्षा कार्यालयले बितेको आर्थिक वर्षमा कार्यालयमा विनियोजन भएकोमध्ये ६ करोड रकम काम सम्पन्न नहँदा फिर्ता भएको जनाएको छ । यस्तै चालू आर्थिक वर्षमा जिल्लाको शैक्षिक गणस्तर वृद्धिका लागि थप कार्यक्रम र योजनासमेत कार्यालयले तय गरेको छ । दरबन्दी अभाव, समयमा नै बजेट निकासा नहन, भौतिक सविधाको कमी र पाठ्यपस्तकको अभावले गर्दा गणस्तर वृद्धिमा चनौती थपिएको जिल्ला शिक्षा अधिकारी हमालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.