समावेशी परिवार

समावेशी परिवार

गोरी, सुन्दर र शालीन । छरितो जीउमा सेतो रेशमी कपालले सुन्दरता भरिदिएको छ । लाम्चो अनुहारमा चुच्चो नाक सुहाएको छ । 'यी सुन्दरी कुइरिनीको प्रेममा परेको मैले पत्तो पाइनँ', मनोज सुजीले यसो भनिरहँदा उनकी 'कुइरिनी' हेर्न आतुर थिएँ म । पछि नाम खोजेँ फेसबुकमा- 'सारा' ।

'सारा'लाई मनोजले त्रिभुवन विश्वविद्यालयको 'स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम'मा भेटेका रहेछन् । अमेरिकाबाट नेपाल आएर विभिन्न गतिविधिमा सक्रिय साराले मनोजलाई इमानदार भएकैले होला, मन पराइन् । आफ्नो फेसबुकमा मनोजलाई बारम्बार इमानदार लेखेकी छन् उनले । 'दुवैको रोजाइ उस्तै भएकाले होला, हामीले एकअर्कालाई मन परायौं', मनोजले भने ।

'सोसल साइक्लोजी' पढेकी सारा अहिले विद्यावारिधि गर्दैछन् भने युनिभर्सिटी अफ जर्जियामा असिस्टेन्ट प्रोफेसरका रूपमा अध्यापन पनि गर्छिन् । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेका मनोज अहिले समकालीन शैक्षिक विषयमा अनुसन्धानरत छन् । भूकम्पको समयमा नेपालमै बसेर काम गरेकी सारा नेपालमा शिशुहरूलाई कसरी खुवाउने भन्ने 'नाटाल फिडिङ' कार्यक्रममा पनि संलग्न छिन् ।

विदेशी चेली विवाह गरेका भोजपुर चौकीडाँडाका मनोजको कथा अनौठो लागे पनि उनका लागि भने यो नौलो होइन । 'मेरो परिवारलाई अन्तर्राष्ट्रिय समावेशीकरण भन्ने गर्छु साथीहरूसँग', ठट्यौली गर्दै मनोजले भने । हुन पनि उनको परिवारमा भारतीय, अमेरिकनमात्रै होइन, क्षेत्री-बाहुन र मंगोलियन समुदायका बुहारी र ज्वाइँ भित्रिएका छन् । समाजले कथित तल्लो 'दमाईं' जात भनेर हेप्ने यो परिवार समावेशीकरणको उदाहरण बनेको छ ।

समाजमा अझै पनि प्रेमभन्दा नाक खुम्चाउनेको कमी छैन । तर, यो परिवारको निम्ति प्रेम नौलो विषय होइन । प्रेमविवाह र अन्तर्जातीय विवाहको शृंखला नै पाइन्छ यो परिवारमा । मनोजकी जेठी दिदी ललिताको स्थानीय केशवबहादुर अधिकारीसँग विवाह भएको थियो ।

त्यो विवाह अनौठो भएको थियो । उनीहरूले प्रेमसम्बन्ध सार्वजनिक गरेका थिएनन् । तत्कालीन माओवादीको एक हूलले अनौठो रेकर्ड राखेर विवाह गरिदियो उनीहरूको । विवाह समारोहमा समाज डाकेर सबैको बीचमा राखी बेहुलाबेहुलीलाई निर्मम कुटपिट गरेका थिए माओवादीले । धुकधुकीमात्रै बाँकी भएका बेहुलाबेहुलीलाई आफैं जन्ती बनेर बेहुलाको घरसम्म पुर्‌याएका थिए उनीहरूले । अहिले त्यो जोडीको छोरा १० वर्षको भइसकेको छ । उनीहरूको वैवाहिक जीवन रमाइलो र सुखद भएको मनोजको ठम्याइ छ ।

उनकी अर्की दिदी ताराले भने भारतीय मूलका मानिससँग विवाह गरेकी छन् । गोरखपुर घर भएका भिनाजुसँग विवाह भए पनि खासै धेरै आउजाउ नहुने उनले बताए । कान्छी बहिनी जुनुले भने स्थानीय जुद्ध राईसँग विवाह गरेकी छन् । कलेज पढ्दै गरेकी जुनुका पति अहिले वैदेशिक रोजगारको सिलसिलामा परदेशमा छन् ।

 

 

तीन दाजुभाइमध्ये मनोज कान्छो हुन् । जेठाले स्वजातीय विवाह गरे । अरू सबैको अन्तर्जातीय । माहिलाको विवाह मोरङकी राईसँग भयो । वैदेशिक रोजगारका लागि दुबई पुगेका महेन्द्रले कामकै सिलसिलामा दुबई पुगेकी राई थरकी युवती भेटे । माया लगाए, बिहे गरे ।

गाउँमा साहसी र आँटिली भनेर चिनिने मनोजकी आमा घरको समावेशी चरित्रबाट खुसी नै रहेको उनले बताए । भने, 'सुरुदेखि नै उहाँले हामीलाई आफूखुसी गर्न छुट दिनुभयो । हाम्रो परिवार स्वतन्त्र थियो पहिलादेखि नै ।'

त्यसो त समाजमा कुरा काट्ने मानिस नभएका होइनन् । तर, मनोज त्यसलाई सहज रूपमै लिन्छन् । भन्छन्, 'हरेकको आफ्नै सोचाइ हुन्छ । मान्छेले जसरी खुसी मिल्छ त्यस्तै गर्नुपर्छ । सबैको मूल्यांकन गर्ने र जीवन जिउने शैली एउटै हुँदैन ।'

आधुनिक समाजमा यस्तो प्रसंग सामान्य बनिसकेको छ । जातीयतालाई महत्त्व नदिने हो भने यस्तो परिवार जोकहीँकोमा पनि सम्भव हुनसक्छ । मानिसबीचका विभेदका पर्खालहरू यसरी नै भत्किँदै जाने हुन् आखिर । सुरु त सबैले आफैंबाट गर्नुपर्छ । त्यसको एउटा उदाहरण बनेको छ मनोजको समावेशी परिवार ।

खुसीसाथ विवाह भएको भान्जो १० वर्ष जतिको भइसक्यो । प्रमिला घरमा छिन् । उनको विवाह भएको छैन । काइँली दिदी कमलाले भारतीयसँग विवाह गरेकी हुन् । गोरखपुरतिरका मान्छेसँग विवाह गरेका हुन् । तारा माइली, उनको घर झापामा छ । निर्मला नाम गरेकी दिदीको मृत्यु भयो । कान्छी बहिनी जुनु । गाउँमा बस्दा नजिकैको छिमेकीसँग उनको विवाह भयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.