बक्सिङका लागि हेर्दाहेर्दै लाखौं उठ्यो

बक्सिङका लागि हेर्दाहेर्दै लाखौं उठ्यो

काठमाडौंः नेपाली खेलकुदमा ठूलो समस्याका रूपमा देखा पर्दै आएको विषय हो, प्रायोजन । खेल विकासको जिम्मा पाएका संघहरू पैसा अभावमा प्रतियोगितालगायतका विभिन्न गतिविधि सञ्चालन गर्न नसकेको भन्दै पन्छिने गर्छन् । केही खेलहरूले अन्तर्राष्ट्रिय पदक ल्याउने गरे पनि घरेलु प्रतियोगितामा उनीहरूलाई प्रायोजकको अभाव खड्कने गर्छ ।

गत बुधबार ललितपुर जिल्ला बक्सिङ संघले ललितपुरको होटेल हिमालयमा नेपाली खेल संघहरूमा दुर्लभै देखिने ‘फन्ड रेजिङ' कार्यक्रमको आयोजना गरेको थियो । चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिताका लागि भन्दै रकम संकलन गर्न कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न उद्योगी र व्यवसायीलाई निमन्त्रणा गरिएको उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वलाई सांगीतिक कार्यक्रममार्फत मनोरञ्जन दिइएको थियो ।

कार्यक्रम सुरु भएसँगै बक्सिङलाई माया र सहयोग गर्नेहरूको प्रतिस्पर्धा नै चलेको थियो । कार्यक्रमबाट बक्सिङको सहयोगार्थ ११ लाख ५५ हजारभन्दा बढी रुपैयाँ संकलन भएको थियो । जसमा व्यक्तिगत तथा संस्थागत रूपमा दुईजनाबाट समान दुई लाख ४० रुपैयाँ प्राप्त भएको थियो । एकजनाले एक लाख, एक जनाले ७५ हजार र चार जनाले समान ५० हजार रुपैयाँ दिएका थिए । २० जनाभन्दा बढीले आर्थिक सहयोग गरेका थिए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले मनोरञ्जनसँगै सामूहक भावना जगाउने हिसाबले कार्यक्रम आयोजना गरिएको बताए । ‘मनोरञ्जन पनि गरौं र स्वतःस्फुर्त रूपमा सहयोग पनि गरौं भन्ने हिसाबले कार्यक्रमको आयोजना गरेका हौं', अवालेले भने । अवालेले यस्तो सहयोगले खेलप्रति अपनत्वको भावना विकास गर्ने बताए । गत जुनको पहिलो साता अवाले नेपाल बक्सिङ संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्ष हुँदा पनि उनले यस्ता कार्यक्रमको आयोजना गरेका थिए । ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भदौ ७ देखि ११ गतेसम्म आयोजना हुन लागेको चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । संघका अध्यक्ष अवालेले प्रतियोगिताको मुख्य प्रायोजनका लागि विभिन्न व्यापारिक प्रतिष्ठानसँग कुराकानी भइरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.