एक राजनीतिकर्मीको बयान

एक राजनीतिकर्मीको बयान

२०५८ को अन्त्यतिरको एक साँझ । तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीचको पहिलो वार्ता भंग भएर संकटकालको कहर सर भएको समय । सरकारको उच्च तहको सरक्षा निकाय सेना परिचालित भई व्यापक धरपकड र हत्या शृंखला चलिरहेको अवस्था । त्यस्तै एक साँझ घरबेटीको परिवारसँग बसेर टीभी हेर्दै गर्दा ‘आतंककारीहरू चिनौं र सरक्षाकर्मीहरूलाई खबर गरौं1 भन्ने सूचना प्रसारण भइरहँदा अलि नचिनिने अवस्थामा ४० लाख मूल्यसहितको आफ्नै फोटोसमेत देखाउँदा कस्तो अनभूति हन्छ होला ? लेखनाथ न्यौपानेलाई भने ४० लाख मूल्यको भइएछ भन्ने गर्वबोध भएछ । सँगसँगै सबैले चिन्छन् कि भन्ने आशंका र डर पनि लागेछ । र, भित्रभित्रै कतकतिएछन् पनि ।

विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सर गरेका प्रखर वक्ता तथा जझार यवा नेताका रूपमा चिनिने न्यौपानेले ‘कोमामा कोरस1 शीर्षकको संस्मरणात्मक कृति सार्वजनिक गरेका छन् । यो उनको सातौं कृति हो । पस्तक प्रकाशन गरेको छ, एमाले नेता प्रदीप नेपाल सम्बद्ध ‘शमी साहित्य प्रतिष्ठान1ले ।
हजारौंको रगत, पसिना, आँसको भेल र बलिदानको अनपम कीर्तिमानबाट निर्मित विशाल आन्दोलनलाई विस्मृतिमा पारिँदै गरिएको वर्तमानलाई लेखक न्यौपानेले ‘कोमामा कोरस1को विम्ब दिएका छन् । यद्धकालमा पनि उनको कलम रोकिएन ।

यसअघि ‘विद्यार्थी आन्दोलनमा २२ वर्ष1 ‘तिमी अमर भयौं, मेरो मट चँडियो1, ‘प्रतिबन्धित कलम1, ‘शिक्षामा साम्राज्यवादसम्बन्धी बहस1लगायत राजनीतिक र साहित्यिक कृति पस्किसकेका छन् ।प्रस्तत पस्तक गोल्डस्टार जत्ता लगाउन पाउने आशामा माओवादी बनेका र दई जोर जत्ता लगाउन नपाउँदै मारिएका १८ वर्षे जल्फे स्याङ्तानप्रति समर्पित छ ।

२३ शीर्षकमा बाँडिएको यो संस्मरणात्मक कृति जेलबाट छटेर राजधानी तथा आसपासका क्षेत्रमा पाएको पार्टी जिम्मेवारीबाट सर भई चीन भ्रमणमा टंगिन्छ । आरम्भमा राजधानीलाई संकेत गर्दै ‘उसको हेडक्वार्टमा भूमिगत जीवन1 शीर्षक चयन गरेका छन् । दश्मन सम्बोधन गरिएको सरकारी सरक्षाकर्मी तथा तिनका सहयोगीहरूसँग छलिएर र रूप परिवर्तन गरेर, सन्निकट संकटलाई चिरेर ज्यान र पार्टी जोगाएको आङै सिरिंग गराउने मर्मस्पर्शी अनभूति साटेका छन् ।

 चार वर्ष लामो जेल जीवनबाट बाहिर निस्केपछि उनलाई लाग्यो, ‘पिँध नभएका लोटाहरूलाई क्रेनले तानेर धेरै माथि अर्थात् टोपी खस्ने गरी हेर्नपर्ने गरी माथि पुर्‍याइएको छ ।

पस्तकभरि वीरता, बलिदान, आक्रोश, भावकता, पीडा, आँस, साहस र गौरवगाथा प्रशस्त मात्रामा पाइन्छ । आजको परिस्थिति र परिवेशमा ती अनभूति दन्त्यकथाजस्ता पनि लाग्नसक्छ । ‘जनयद्ध1 रोल्पाबाट काठमाडौंको सिंहदरबार आइपगे पनि उनी भने लाखौं नेपालीको दःख र दर्दको जीवन छाम्दै, मट छँदै, पीडा बझ्दै दक्षिण भारतका उष्ण प्रान्तहरूमा पगेका छन् । सहिदका रगत बगेको बलिदानस्थल पगेका छन् । आफू र आफ्ना सहयात्रीहरूलाई अपार माया गर्ने प्रिय झपडीहरूमा पगेका छन् । विश्व साम्राज्यवादविरद्ध सँगसँगै मोर्चा कसेर लड्ने प्रतिबद्धता जाहेर गर्न बंगलादेश र माओको आँगनमा पाइला टेक्न चीन पगेका छन् ।

उनी सबैभन्दा बढी आक्रोशित छन् महान् लक्ष्य बोकी उठेको आन्दोलन बीचैमा अलपत्र पारिएकोमा । क्रोधित छन्, पार्टीले वर्गपक्षधरता गमाएर परानै सत्तासँग जहारी खेल्न मस्त हन थालेकोमा । यसरी यात्रा अलपत्र पर्नमा मख्य नेतृत्व नै प्रमख दोषी ठान्छन् । सायद यसैतर्फ इंगित गर्दै पस्तक विमोचन समारोहमा प्रमख अतिथि बनेका वर्तमान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एउटा कमान्डरले एम्बस छलेर अगाडि बढ्न खोज्दा दलदलमा फसेको तर दलदलबाट निकालेर यात्रालाई उद्देश्यमा पर्‍याइछाड्ने बताउँदै आफूप्रति विश्वास र भरोसा गर्न आग्रह गरेका थिए । तर, मख्य नेतृत्वमा के परिवर्तन आएकाले मोहन वैद्य ‘किरण1लाई छोडेर लेखक न्यौपाने पुनः उतै मिसिन पगे भन्ने कतै खलाएका छैनन् ।

माओवादीमा गाउँ छाडेर सहर र राजधानी छिरेपछि संस्मरणको पोका फकाएर पस्तक प्रकाशन गर्ने बाढी नै आएको थियो एकताका । मख्य नेतादेखि स्थानीय नेतासम्म पस्तक निकाल्न होडबाजी गर्थे । त्यो दृश्यलाई चपचाप नियालिरहेका न्यौपानेले भने झन्डै १० वर्षपछि मात्र यद्ध र शान्तिकालका मीठा कम तीता बढी संस्मरणहरूको संग्रह बजारमा ल्याए ।

 

संस्मरणका रूपमा बनिएका उनका कथाहरू काल्पनिक होइनन् । एउटा योद्धाका अनिश्चित जीवन भोगाइहरू, सहकार्य गर्दागर्दै गमाएका सहयोद्धाका सन्दर्भहरू, साहसले बनेका आकांक्षाका अभिव्यक्तिहरू हन् । प्रस्तत रचनाहरूले जीवनको उच्च मूल्यबोध, शोषणमा आधारित सामाजिक, आर्थिक राजनीतिक व्यवस्थाको विरद्ध संघर्ष र उन्नत साम्यवादी समाज निर्माणको पक्षमा पैरवी गर्छन् ।

कम्युनिस्ट आन्दोलनमात्र होइन, समग्र राजनीतिक आन्दोलन नै भ्रष्टीकरणतिर गइरहेको वर्तमानमा उभिएर निकट विगतको त्यो कहालीलाग्दो, गौरवपूर्ण जीवनतिर फर्किहेर्दा लेखक स्वयं ‘यस्तो पनि गरियो र !1 भन्ने अनभूति गर्छन् । कथ्यमा अटाएका छन्– हिरासतभित्रै चरम यातनाका कारण ज्यान गमाएका कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छक1 र मैना सनवारहरू । गिरफ्तारपछि निर्ममतापूर्वक हत्या गरिएको रद्र पाख्रिन, कलिला विद्यार्थी चन्द्रबहादर राना र प्रकाश बीसीहरू । घरमा थनेर आगो लगाई मारिएका च्याङ्बा लामा लगायतका कलाकारहरू । गिरफ्तार गरी हालसम्म बेपत्ता बनाइएका पूर्ण पौडेल, विपिन भण्डारी र ज्ञानेन्द्र त्रिपाठीहरू । अनि नक्कली भिडन्तमा मारिएका बेनोज अधिकारीहरू । लेखक बेनोजको हत्यालाई जर्मन कम्यनिस्ट नेत्री रोजा लक्जेम्बर्गको हत्यासँग तलना गर्छन्।

संस्मरणको केन्द्र माओवादी आन्दोलनमात्र होइन । लेखक रामेछाप पगेर पष्पलाल, गंगालाल र मकैको खेतीका लेखक सब्बा कृष्णलालको साहस र संघर्षमय जीवन सम्झिन्छन् । बंगलादेशको ढाका विश्वविद्यालय पगेर स्वतन्त्रता संग्रामका नायकहरू २३ वर्षे वीरांगना प्रीतिलता र मास्टर सूर्यसेनको वीरता र सौर्यका लय समात्छन् । माओको आँगनमा हर्किरहेको २१औं शताब्दीको कम्यन र नयाँ जीवनपद्धति नियाल्दै आजको नेपाली कम्यनिस्ट आन्दोलनको दर्दशाप्रति क्षोभ प्रकट गर्छन् । अनिश्चित र अन्योलग्रस्त भविष्य बोकेर रमल्लिरहेको भाइलाई अनमति मागेको तेस्रोपटकमा अरब जान स्वीकृति दिनपर्दाको क्षण र आफ्नै हातले दलाललाई पैसा खवाएर पढाउन पर्दाको अनभूति पढ्दा जोकसैको मन द्रवित हन्छ । लेखक प्रश्न गर्छन्, ‘कठै भ्रष्टाचारविरोधी म, भ्रष्टाचारविरद्धको लडाइँ कसले कहाँबाट कसरी लड्ने होला ? 1 संस्मरण मध्येमा रोचक स्थान पाउँछन् पस्तक र डेराले ।

चार वर्ष लामो जेल जीवनबाट २०५८ भदौ ११ मा मक्त भएर जिल्ला पार्टी सचिवको जिम्मेवारी पाउँदा नै आफू पछिका मान्छेहरू धेरै अघि पगिसकेको देखेर उनलाई त्यति बेला लाग्यो, ‘पिँध नभएका लोटाहरूलाई क्रेनले तानेर धेरैमाथि अर्थात् टोपी खस्ने गरी हेर्नपर्ने गरी माथि पुर्‍याइएको छ ।

यद्धकालको उत्कर्षमै पार्टीभित्र नेतृत्व तहमै हर्किएको विकृति, विसंगतिको विरोधमा उनले पस्तकभरि आक्रोश पोखेका छन् । तर, पार्टीमा रवीन्द्र श्रेष्ठले पोखेको असन्तष्टि कृष्णबहादर महरासमक्ष राखेको भन्दा अरू विरोध जनाएको उल्लेख गरेका छैनन् । यसले विरोधाभाष पनि पैदा गर्छ ।
पाठकले एकोहोरो शैलीको लेखन र व्याख्यानलाई अनावश्यक बोझका रूपमा लिन सक्छन् ।

‘सिद्धान्तअनसारको व्यवहार र बोलीअनरूपको कार्यप्रति प्रतिबद्ध रहने इमानदार कोसिस1लाई भने सबैले सम्मान गर्नपर्छ । तर, उनको पछिल्लो चरणमा देखिएको मौनताप्रति भने बेलाबखत प्रश्न उठ्ने गर्छ ।

विषयवस्तमा पकड राख्न लेखक सफल भए पनि केही लेख अनावश्यक लम्बेतान बनेका छन्, जसले पाठकलाई बाँधिराख्न गाह्रो पर्छ ।
भाषिक र सम्पादनका दृष्टिले किताब धेरै कमजोर छ । व्याकरणगत त्रटि वाक्यैपिच्छे छन् । राजनीतिक शब्दहरूको बोझले पस्तक थिचिएको छ । किताब सरल, सरस र बहावयक्त बन्न सकेको छैन ।
पस्तकः कोमामा कोरस
लेखकः लेखनाथ न्यौपाने
पृष्ठः २४६
मूल्यः २९९
प्रकाशकः शमी साहित्य प्रतिष्ठान


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.