पोकेमन गेम खेल्दा ३७ सय पाउन्ड उठेपछि खेलाडी बेहोस

पोकेमन गेम खेल्दा ३७ सय पाउन्ड  उठेपछि खेलाडी बेहोस

एजेन्सीः मोबाइल गेम पोकेमन गो खेल्दा मोबाइलमा ३७ सय पाउन्ड बिल उठेपछि रियो ओलम्पिक खेलकुदमा सहभागी हुन ब्राजिल पुगेका एक जापानिज खेलाडी बेहोस नै भएका छन् ।

जापानका जिम्नास्टिक खेलाडी कोहेइ उचिमुरा रियो ओलम्पिक सुरु हुनुपूर्व नै पोकेमन गो मोबाइल खेल खेल्दा भारी बिल उठेपछि बेहोस नै बनेका हुन् ।

पोकेमन गो ‘जीपीएस’ सिस्टममा आधारित खेल हो । जसका लागि मोबाइलको डाटा अन गरेरमात्रै सो खेल खेल्न मिल्छ । मोबाइल खेलका क्रेजीहरू माझ निक्कै नै रुचाइएको पोकेमन गोले उचिमुरालाई पनि ऋण बोकाएको हो ।

उचिमुरा सन् २०१२ को लन्डन ओलम्पिकका स्वर्ण पदक विजेता खेलाडी हुन् । रियो ओलम्पिकमा समेत उनलाई स्वर्ण पदकको दाबेदारका रूपमा हेरिएको छ ।

प्रतियोगिता सुरु हुनुपुर्व नै मोबाइलमा भारी बिल उठेपछि उनलाई ठूलो झट्का नै लागेको छ । उनका लागिहरूले मोबाइलको बिल आएपछि उचिमुरा धेरै समयसम्म निराश देखिएको बताएका छन् ।

‘पोकेमन गो खेलका कारण ३७ सय पाउन्ड बिल आएपछि उचिमुरा निक्कै निराश भएका छन् । उनी दिनको खाना खाने बेलामा त मरेका जस्तै भएका थिए’, उचिमुराका नजिकका साथी केञ्जो सिराईले भने, ‘तर उनी बेहोसमात्रै भएका रहेछन् ।’

यद्यपि उचिमुराको मोबाइलको नेटवर्क सेवा प्रदान गर्ने कम्पनीले उनलाई केही सहुलियत दिलाएको छ । कम्पनीले उचिमुरालाई सो रकम एकै पटक तिर्नुभन्दा पनि प्रतिदिन थोरै थोरै गरी तिर्न छुट दिएको छ । कम्पनीले उनलाई त्यसपछि प्रतिदिन २२ पाउन्डको मात्रै डाटा उपलब्ध गराउने सहमतिसमेत गरेको छ । सो घटनापछि आफूलाई भाग्यले ठगेको प्रतिक्रिया दिएका छन् । ‘म वास्तवमै भाग्यले साथ नदिएको मान्छे हुँ’, उनले भनेका छन् ।

रियो ओलम्पिक आयोजकले खेलाडीको प्रदर्शनमा असर पर्ने डरले प्रतियोगिता आयोजना हुने क्षेत्र वरिपरि पोकमनको नेटवर्क नआउने बनाएको थियो । यद्यपि आयोजकको सो निर्णयको खेलाडीले नै विरोध गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.