भारतीयको आक्रमणमा नेपाली सुरक्षाकर्मी घाइते

भारतीयको आक्रमणमा नेपाली सुरक्षाकर्मी घाइते

वीरगन्जः नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो  ।

भारतीयको आक्रमणबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका हुन् । उनको देब्रे हात गम्भिर चोट लागेको छ ।
 घाइते सशस्त्र प्रहरी जवान साहको चोट लागेको हातमा तीन वटा टाँका लगाइएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले बताए ।
 
शनिबार दिउँसो नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट नेपाल तर्फ दुई सय ५० मिटर भित्र पसेर ओरीया खोलामा ५०÷६० भारतीयले ५÷६ वटा टयाक्टरमा बालुवा लोड गरिरहेका थिए ।
 
स्थानीय नेपालीले प्रहरीलाइ खबर गरेपछि सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट भीखमपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी चौकी पिडारीगुठीबाट प्रहरी सहायक निरीक्षक राजकुमार घलानको नेतृत्वमा १७ जना सशस्त्र र नेपाल प्रहरी ओरीया खोलामा पुगेका थिए ।

प्रहरीले नेपाली भूमीबाट बालुवा उत्खनन् गर्न आग्रह गरेपछि भारतीयले लठ्ठी र साबेलले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।
 
भारतीयको आक्रमणबाट सशस्त्र प्रहरी जवान साह घाइते भएको उनले बताए । भारतीयले आक्रमण गरेपछि नेपाली सुरक्षाकर्मीले लठ्ठी चार्ज गरेपछि भारतीय भागेको र घटनास्थलबाट बालुवा तस्करीमा प्रयोग गरिएको भारतीय आइचर टयाक्टर र बी आर २२ एन २०२८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

दुवै सवारी साधन सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । एक वर्ष पहिले पनि ओरीया खोलामा बालुवा उत्खनन् गर्ने क्रममा भारतीयहरुले नेपाल प्रहरीलाइ कुटपिट गरेका थिए । भारतीयहरुले समाचार संकलन गर्न गएका पत्रकारमाथि पनि आक्रमणको प्रयास गरेका थिए ।
 
नेपाली भूमीमा पर्ने ओरीया खोलाबाट भारतीयहरुले वर्षा देखि बालवा उत्खनन् गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् । 

भारतीय सीमासंग जोडिएको पिडारीगुठी गाविसको पाण्डेपुर, पिपडाढी र बिसुनपुर्वामा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्छ । भारतीयले दशगजा क्षेत्रमा रहेको चार सय २४ नम्बरको सीमा स्तम्भबाट पनि तीन सय मिटर नेपाल तर्फको भूमिमा छिरेर ट्रयाक्टर र गाडामा बालुवा उत्खनन् गरेर भारत लैजाने गरेका छन् । 

भारतीयले नेपालीभूमीको ओरिया खोलबाट दिनहु दुई तीन सय ट्रयाक्टर बालुवा अवैध रुपमा उत्खनन् गरेर भारतको भंगहा, इनरवा, सिक्टा, बेतिया र नरकंटियागन्जसम्म लगेर बिक्री वितरण गर्दै आएको पिडिारीगुठीका इन्दु चौधरीले बताए ।

भारतीय बालुवा तस्करलाई भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल एसएसबीले पनि संरक्षण दिने गरेको चौधरीको भनाइ छ ।

सीमावर्ती भारतीय गाउँ गदियानी र भंगहाका भारतीयले नेपालीभूमि पनि मिचेका छन् । दशगजा क्षेत्रमा रहेको ४२३ नम्बरको मुख्य सीमा स्तम्भ करिब एक दशक अगाडि ओरीया खोलामा आएका बाढीले बगाए पछि भारतीयले खोलाको छेउको खेती योग्य नेपाली भूमी आफ्नो भएको दाबी गर्दै आएको स्थानीय श्यमसुन्दर महतो थारुले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.