फुटसलमा प्रतियोगिता जित्दाको खुसी

फुटसलमा प्रतियोगिता जित्दाको खुसी

धेरै दिनको पर्खाइ र मेहनतपछि अन्ततः असारको अन्तिम दिन फुटसलको अन्तिम प्रतियोगिता सञ्चालन हुने दिन आयो । वार्षिक रूपमा हुने यस प्रतियोगिताका लागि सबै विद्यार्थी ज्यादै उत्साहित थिए । यो प्रतियोगिता पहिले भने छात्रका लागिमात्रै हुने गर्दथ्यो ।

तर यसपालि छात्राका लागि पनि हुने भएकाले सबै साथीहरूमा एक प्रकारको नौलो उमंग छाएको थियो । छात्राले एक महिनादेखि यो प्रतियोगिताको लागि मेहनत गरिरहेका थिए । यसको तयारी स्वरूप हाम्रै विद्यालयका शिक्षक नारायण बुढाथोकी र जेनर श्रेष्ठ सरले प्रशिक्षण दिइरहनुभएको थियो ।

हामी आ–आफ्नो सदनबाट भाग लिँदै थियौं । आफ्नो सदनलाई जिताउनुपर्ने सबैलाई चुनौती थियो । हामीले हाम्रो सदन कञ्चनजंघालाई प्रतिनिधित्व गर्दै थियौं । यस्तो अवसर विद्यालयमा पहिलो पटक आएको थियो जहाँ विद्यालयका छात्र अनि छात्रा सबै एउटै प्रतियोगितामा सहभागी हुँदै थिए ।

जसमा सिनियर तथा जुनियर छात्र र छात्राका बीचमा पनि प्रतियोगिता भएको थियो । पहिलो खेल नै नक–आउट चरण थियो र त्यसमा पनि नीलो सदन र रातो सदन भिड्दै थियो भने अर्कोतिर हरियो सदन र पहेँलो सदन खेल्दै थियो । त्यसमा पनि आफ्नै कक्षाका साथीहरूसँग खेल्नु कम चुनौतीपूर्ण थिएन ।

 

आफ्नै साथीसँगको खेलमा कसको हार र कसको जित हुन्छ भन्ने डरले हामीलाई सताइरहेको थियो । त्यहीँ पनि हामीले धेरै मेहनत गर्‌यौं र जित्न सफल भयौं । फाइनलमा भने नीलोसँग भिड्नुपर्ने थियो । हामी अन्तिम खेलमा पनि निलो सदनलाई हराउन सफल भयौं । सिनियरका तर्फबाट रातो जुनियरका तर्फबाट पहेँलो र छात्राका तर्फबाट हरियो सदन विजेता घोषित भयो ।

आफ्नो मेहनत र शिक्षकका प्रशिक्षणले गर्दा हामीले यति राम्रो प्रदर्शन गर्न सक्यौं र सबै खेलको अन्त्यपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन केसी र भाइस प्रिन्सिपल भानदेव कपाडी सरले सबैलाई मेडल तथा ट्रफी दिनुभयो । यो फुटसल प्रतियोगिता हामीले जित्न पाउँदा हामी सबै धेरै खुसी भयौं ।

हुन त यो प्रतियोगिता पहिलो वर्ष नै विद्यार्थी परिषद् र ईसीए टिम मिलेर योजना गरेका हुन् । त्यसैले विद्यालयको वार्षिक योजनामा यसलाई राखिएको थियो । तर त्यही समयमा युरो कप र कोप्पा पनि चलिरहेकाले रातभरि हामी टेलिभिजनमा फुटबल हेथ्र्यौं । बेलुकीपख विद्यालयका प्रशिक्षक, साथीहरूसँग अभ्यासका लागि फुटसलमा पुग्थ्यौं ।

यसले गर्दा करिब १५ दिन हामीलाई खुब मज्जा भयो । फुटसलका अनेक सीपसँगै कसरी गोल गर्ने भन्ने बारेमा पनि सिक्न पाइयो ।

                                                                                                                               निशा राई
                                                                                               कक्षाः ९ गोल्डेनपिक हाइस्कुल, सरस्वतीनगर, बौद्ध ६ काठमाडौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.