मानवअधिकारबारे कार्यक्रम
काठमाडौं: मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनल नेपाल शाखाको आयोजनामा जोसेफ हाइस्कुल कपनका विद्यार्थी तथा जोसेफ युथ नेटवर्कमा आबद्ध किशोरकिशोरीले कसैको पनि मानवअधिकार उल्लंघन गर्न नहुने कुरा पोस्टर र पम्प्लेटमार्फत चेतना जगाएका छन् ।
शक्ति र सत्तामा हुनेले जहिले पनि आफ्नो अधिकारको दुरुपयोग गर्दै सर्वसाधारण र कमजोरको मानवअधिकार उल्लंघन गर्ने भएकाले त्यसबारे सर्वसाधारणलाई सचेत बनाउन पनि विद्यार्थीले आग्रह गरे । विद्यार्थीलाई मानवअधिकारका सिद्धान्तलगायत त्यससँग सम्बन्धी जानकारी गराउन कार्यक्रम गरिएको विद्यालयका भाइस प्रिन्सिपल दीपक अधिकारीले बताए ।