इस्कोनको नयाँ कार्यसमिति
ललितपुर: संस्थागत विद्यालय समन्वय संगठन (इस्कोन)को हालै सम्पन्न भेलाले चाँदनी इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल गंगामान व्यञ्जनकारको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा एलएन उपाध्याय, द्वितीय उपाध्यक्षमा नारायणबहादुर मगर, सचिवमा मिलन शाक्य, सहसचिवमा कन्हैया सिंह कुँवर, कोषाध्यक्षमा विनीता मैयाँ नकर्मी, सहकोषाध्यक्षमा जितकुमारी राना र सदस्यहरूमा सरोज महत र हरिराम डंगोल छन् ।
नयाँ कार्यसमितिले संस्थाका निर्वतमान अध्यक्ष जगन्नाथ श्रेष्ठ र निवर्तमान कोषाध्यक्ष सत्यवती थापा रानालाई मायाको चिनो दिएर बिदाइ गरेको छ ।
कार्यसमितिले रीता श्रेष्ठको संयोजकत्वमा लेखा समिति, एलएन उपाध्यायको संयोजकत्वमा तालिम उपसमिति, नारायणबहादुर मगरको संयोजकत्वमा परीक्षा उपसमिति तथा कन्हैया सिंह कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति पनि गठन गरेको छ ।