सुपर किड्स एन्ड टिन प्रतियोगिता
![सुपर किड्स एन्ड टिन प्रतियोगिता](https://annapurnapost.prixacdn.net/media/albums/Supper-Kids-and-teen-57a6b6f89efa71.44804729_jerV0A2rta.jpg)
काठमाडौं: एनेम्प प्रालिको आयोजनामा गत शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको सुपर किड्स एन्ड टिन २०१६ मा सुपर किड्स छात्रको उपाधि वैभव अधिकारी र छात्राको उपाधि रिया राई तथा सुपर टिनको उपाधि छात्रातर्फ विजया न्यौपाने र छात्रको उपाधि उत्तम तामाङले जितेका छन् ।
वैभव भीएण्स निकेतन स्कुलका ८ कक्षाका विद्यार्थी हुन् । सुपर किड्सको छात्रतर्फ राजीव तामाङ फस्र्ट रनरअप तथा सुप्रिम राई सेकेन्ड रनरअप भए भने छात्रातर्फ इच्छा लिम्बू फस्ट रनरअप, जेन्सु बुढामगर सेकेन्ड रनरअप तथा नीजा लिम्बू थर्ड रनरअप बने ।
यसैगरी सुपर टिन २०१६ को छात्रातर्फ ग्रेस तामाङ फस्ट रनरअप, अस्मिता पन्जियार सेकेन्ड रनरअप तथा अल्बिना न्यौपाने थर्ड रनरअप भइन् भने छात्रतर्फ असीम राई फस्ट रनरअप भए । विजयी विद्यार्थीलाई निर्देशक हेमन्त गौतम, हेम न्यौपाने, रीता लिम्बू र सुमीत राणाले पुरस्कार दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)