भाइबहिनीमाझ 'सेकन'
![भाइबहिनीमाझ 'सेकन'](https://annapurnapost.prixacdn.net/media/albums/shaken-57a6b8df640ee1.54129027_nOJ5yI7QLk.jpg)
काठमाडौं: बालबालिकाको भूकम्पसम्बन्धी अनुभव संकलन गरी तयार पारिएको अंग्रेजी कृति 'सेकन' बजारमा आएको छ ।
गैरआवासीय नेपाली (एनआरएन)ले प्रकाशित गरेको उक्त कृतिको लेखक बालबालिका अञ्चित ढुंगाना, अनुकृत लामिछाने, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाईं, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्य र हिमांशु कुँवरले विमोचन गरेका थिए ।
२४ जना बालबालिकाको संस्मरण समेटिएको कृतिमा कुसुम अर्याल, आस्था तिमिल्सिना, हिमांशु क्षेत्री, शर्मिला हमाल, स्वीकृति काफ्ले, कृशंम्सु क्षेत्री, अहिस्ता कार्की, अयुस्मा शर्मा, अयुस्मा लामिछाने र सर्गम गदालको पनि संस्मरण छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)