कवि दुर्गालाल श्रेष्ठको घरमा आगलागी, ७० लाख बढीको क्षति (भिडियो)
काठमाडौँः काठमाडौंको ठमेलस्थित नर्सिङ चोकमा रहेको कवि दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको लैनचौर प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
कपडा गोदाममा भएको आगलागीमा ७० लाख मूल्य बराबरको क्षति भएको घरधनी श्रेष्ठले बताए । आइतबार बिहान १० बजे लागेको आगो स्थानीयबासी र प्रहरीको सहयोगमा दमकलले २० मिनेटभित्रमा नियन्त्रणमा लिएको डिएसपी राठोरले बताए ।