राइनासकोटमा पुनर्निर्माणसँगै होमस्टे

राइनासकोटमा पुनर्निर्माणसँगै होमस्टे

लमजुङः गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतविक्षत बनेको पूर्वी लमजुङको पर्यटकीय गाउँ राइनासकोटमा पुनर्निर्माणसँगै होमस्टेको तयारी थालिएको छ । भूकम्प गएको १५ महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माण अभियान सुस्त बनाइरहँदा राइनासकोटका बासिन्दाले गाउँमै सहयोग भिœयाएर पुनर्निर्माणसँगै पर्यटकलाई आकर्षित गर्न होमस्टेको अवधारणा तयार पारेका हुन् ।

भूकम्पले भत्काएका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घरको आधुनिक तबरबाट पुनर्निर्माण भइरहेको छ । स्थानीय मौलिकता झल्कने गरी बनाइएको आधुनिक घरमा स्थानीय र अमेरिकी नागरिक नतसा बाजनियाकको लगानी छ । राइनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माणका लागि करिब एक करोड ५० लाख रुपैयाँ नतसाले सहयोग गरेकी छन् । १४ घरमध्ये पाँच घर निर्माण भइसकेका छन् । बाँकी घर निर्माणको चरणमा छन् ।

गत भदौबाट सुरु भएको पुनर्निर्माण यही मंसिरमा सक्ने लक्ष्य छ । गाउँमा पुनर्निर्माण सकेलगत्तै होमस्टे सुरु गरिहाल्ने स्थानीयको तयारी छ । राइनासकोटमा पुनर्निर्माण वातावरणमैत्री अवधारणाअनुसार भइरहेको छ । यसअनुसार गोबरग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानी व्यवस्थापनको काम भइरहेको छ । राइनासकोटमा निर्माण हुन लागेका प्रत्येक घरमा सोलार प्यानल जडान गरिनेछन् ।

भूकम्पले भत्काएका राइनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घरको आधुनिक तबरबाट पुनर्निर्माण भइरहेको छ ।

पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घरमा गाउँले तबरबाट पिंढी, फलैंचा, अकासेपानी व्यवस्थापनका लागि ट्यांकी जडान गरिने र सडक बत्ती जडान हुने राइनासकोट पुनर्निर्माण कार्यक्रम संयोजक विवेक पण्डितले बताए ।

उनका अनुसार राइनासकोटमा रहेका केही पुराना घरलाई भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरूपलाई सुरक्षित राखिनेछ । गुरुङ जातिको बस्ती रहेको राइनासकोटमा उनीहरूको कला, संस्कृति जोगाउन संग्रहालयसमेत स्थापना गरिनेछ । त्यस्तै वैशाख १२ गतेको भूकम्पलाई सम्झना गर्दै स्मारकसमेत निर्माण गरिएको छ ।

 त्यस्तै राइनासकोटको पुनर्निर्माणसँगै एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढ्ने भएको छ । ‘एग्रोटुरिजम अवधारणाअनुसार प्रत्येक घरमा ग्रिन हाउस, कृषि र पशुपालनको पनि सुरुवात हुँदैछ, सर्वोदय सेवा श्रमका अध्यक्ष कृष्णराज ओलियाले भने, ‘राइनासकोटको तल्लो भागमा अलैंची खेती सुरुवात गरिएको छ, अर्को वर्षबाट राइनासकोटमा चियाखेतीसमेत गरिने योजना छ ।'

‘गाउँमा पुनर्निर्माण सुरु हुन थालेपछि गाउँ छाडेर सहर जान खोज्ने पनि गाउँमै रोकिएका छन्, भविष्य खोज्न गाउँ छाडेर सहर पसेका पनि धमाधम गाउँ फर्कन थालेका छन्', स्थानीय जितबहादुर गुरुङ भन्छन्, ‘पुनर्निर्माणसँगै पर्यटन क्षेत्रबाट गाउँको विकास गर्न गाउँले लागेका छन् । गाउँमा नयाँ जागरण आएको छ ।'

बाईसे चौबीसे राज्य शासनमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा र दुई घन्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । राइनासकोट क्षेत्र प्रकृतिमा धनी मानिएको मनोरम स्थल हो । यहाँबाट एक सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशृंखला देख्न सकिन्छ ।

यहाँ बाईसेचौबीसे राज्य शासनमा निर्माण गरिएको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका इतिहास बोकेका स्थल जिर्ण अवस्थामा रहे पनि त्यसको संवद्र्धन र प्रचारप्रसारका लागि सरकारी निकायबाट चासो दिइएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.