लागूपदार्थ दुव्यर्सन
![लागूपदार्थ दुव्यर्सन](https://annapurnapost.prixacdn.net/media/albums/Lagupadartha-57a6cfc3d3ef92.59530801_mWuUpU3xIv.jpg)
शरीर तथा मस्तिष्कलाई नै लट्ठ बनाउने नशालु पदार्थलाई लागूपदार्थ भनिन्छ भने त्यही पदार्थको खराब लतलाई दुव्यर्सन भनिन्छ । यस्ता लागूपदार्थको लतले मानव मन निष्क्रिय हुन्छ । लागूपदार्थअन्तर्गत मुख्तयः ब्राउन सुगर हेरोइन आदि पर्दछन् ।
जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन पुग्छ । राष्ट्र निर्माणमा संलग्न हुनुपर्ने युवा नै यस्ता दुव्यर्सनको सिकार बन्नु राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको छ ।
जीवनसँग हरेस खाएर, मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागूपदार्थको लतमा लाग्ने युवाहरू त वास्तवमा युवा होइनन्, वायु हुन्, त्यो पनि दूषित वायु । लागूपदार्थको लत विकृतिको कारण हो भने सकारात्मक सोच नै उन्नतिको साधन हो ।
लागूपदार्थको दुव्यर्सन विश्वव्यापी समस्याको रूपमा रहेको छ । जहाँ जति मात्रामा दुव्यर्सनीहरू छन्, त्यहाँ त्यति मात्रामा अशान्तिले जरा गाडेको हुन्छ । आजका युवा भोलिका देश हाँक्ने सारथि हुन् । भोलि देश कुन बाटोतर्फ मोडिनेछ भन्ने कुरा उनीहरूकै हातमा हुन्छ ।
आजका युवा भोलिका आसलाग्दा शक्ति हुन् । यदि युवाहरू नै दुव्यर्सनी भए भने देशको विकास कसरी हुन्छ त ? आजका युवा नै भोलिका जिम्मेवारीयुक्त तहमा पुगे भने स्थिति के होला, परिकल्पना नै गर्न सकिन्न । जसरी एक अन्यायी व्यक्तिबाट न्यायको कतै पनि कल्पना गर्न सकिन्न, त्यसरी नै एक दुव्यर्सनी र अस्वस्थ व्यक्तिबाट स्वस्थ समाजको परिकल्पना त गर्नै सकिन्न ।
गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ र गलत संस्कृतिले हाम्रो गौरवको ज्यान लिएर राष्ट्रलाई नै खोक्रो बनाउँछ । अब त युवा शक्तिले आँट गरे मात्र लागू पदार्थ दुव्यर्सनको न्यूनीकरण गर्न सकिन्छ ।
खालि दिमाग सैतानको डेरा हुन्छ, त्यसैले त हरेक युवालाई कुनै सिर्जनशील कार्यमा लगाउनुपर्छ । अब सम्पूर्ण युवाहरू मिलेर हातेमालो गरेर लागूपदार्थको सेवन, दुव्र्यसन र बेचबिखन रोक्न लाग्नुपर्छ ।
यसका लागि अब सबै युवाले मिलेर सामाजिक जनचेतनाको अभियान सञ्चालन गर्नुपर्छ । भोलिका सरकार हाँक्ने आजका युवाले प्रमुख पात्रका रूपमा लागूपदार्थको उत्पादकहरूलाई अरू उत्पादनमा लगाउन सरकालाई दबाब दिनुपर्छ ।
युवा शक्ति नै त्यो शक्ति हो जसले सकारात्मक सहयोगी र सिर्जनशील भूमिकाका माध्यमबाट लागूपदार्थ दुव्यर्सनको न्यूनीकरण गर्न सक्छन् । युवाले चाहे के हुँदैन र ? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागूपदार्थको दुव्र्यसन कुन ठूलो कुरा हो र ?
जहाँ इच्छा त्यहाँ उपाय भनेझैं यदि सम्पूर्ण युवाहरू प्रतिबद्ध भएर यसको न्यूनीकरण अभियानमा लाग्ने हो भन्ने यो असम्भव छैन ।
सुप्रभा झा, कक्षाः १० 'ख'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)