अरहान्त र भावना च्याम्पियन 

अरहान्त र भावना च्याम्पियन 

काठमाडौंःअरहान्तकेशर सिंह र भावना सुनवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धाको उपाधि जितेका छन् ।

शनिबार सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ८-११, ११-५, ११-७, ११-१३, १२-१० को सेटमा पराजित गर्दै उपाधि जिते । गत महिना सातदोबाटोमै भएको खुला स्क्वास प्रतियोगितामा पनि अरहान्तले अमृतलाई नै हराउँदै पहिलो उपाधि जितेका थिए । अमृतका बुवा हीराबहादुर थापा र प्रवीणवीरसिंह कंसाकार संयुक्त रूपमा तेस्रो भए । पहिलो हुनेले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले तीन तीन हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी महिला एकलको फाइनलमा भावनाले विपना ब्लोनलाई ११-५, ११-७, ११-१ को सोझो सेटमा हराइन् । सपना ब्लोन र कृष्णा थापा मगर तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः नौ हजार, पाँच हजार र दुई दुई हजार रुपैयाँ पुरस्कार पाए ।

जुनियर छात्र यू-१७ एकलको उपाधि अमिर ब्लोनले जिते । उनले फाइनलमा दीपक थापाको चुनौती ११-६, ११-७, १४-१२ ले समाप्त पारे । विक्रम मगर र विजय मगरले तेस्रो स्थानमा चित्त बुझाए । उपाधिसँगै पहिलोले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले पन्ध्र सय रुपैयाँ पुरस्कार पाए । जुनियर छात्र यू-१३ मा गेल्जे तामाङ पहिलो भए ।

गेल्जेले फाइनलमा सुवास गिरीलाई ११-८, ११-४, १२-१० को सीधा सेटमा पाखा लगाए । रञ्जित थापा र गोपाल थापा तेस्रो भए । यस स्पर्धामा पहिलोले तीन हजार, दोस्रोले दुई हजार र तेस्रो हुनेले एक हजार रुपैयाँ पुरस्कार पाए ।

भेट्रान्स ५० वर्षमाथि पुरुष एकलमा च्याम्पियन बन्ने क्रममा लालबहादुर गुरुङले फाइनलमा प्रेम सिंहलाई १०-१२, ११-५, ११-६, ११-८ ले हराए । मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन संयुक्त तेस्रो स्थानमा रहे । पुरुष एकल प्लेटतर्फ अनिल शाक्यले फाइनलमा लोकेन्द्र भण्डारीमाथि ८-११, ५-११, ११-९, ११-८, १७-१५ को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थान हात पारे । विजयी मगर र विक्रम मगर तेस्रो भए ।

विजेतालाई नेपाल स्क्वास र्‍याकेट संघका अध्यक्ष किशोर महर्जन, स्व. धनलक्ष्मीका पति कृष्णलाल महर्जनलगायतले पुरस्कार वितरण गरे । स्क्वास संघका अध्यक्ष महर्जनले आफ्नी आमाको वार्षिक पुण्यतिथिमा प्रतियोगिता आयोजना गरेका हुन् ।

प्रतियोगितामा ६ स्पर्धामा ७८ खेलाडीले भाग लएका थिए । यसैगरी अध्यक्ष मर्हजनले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्क्वासतर्फ पदक जित्न सफल खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गरे । स्क्वासको महिला टिम इभेन्टमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले कांस्य पदक जितेका थिए ।

अध्यक्ष महर्जनले पूर्वघोषित पुरस्कारबमोजिम टोलीका प्रत्येक खेलाडीलाई २०÷२० हजार रुपैयाँ प्रदान गरे । अध्यक्ष महर्जनले यसअघि व्यक्तिगत रूपमा सागअघि स्क्वासमा स्वर्ण जित्नेलाई एक लाख, रजतलाई ५० हजार र कांस्यलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.