‘हेलमेट' बिना प्रतिस्पर्धा गर्दै बक्सर

‘हेलमेट' बिना प्रतिस्पर्धा गर्दै बक्सर

रियो दी जेनेरियोः अमेरिकन बक्सर एन्टोनियो भर्गास हेलमेटबिना पहिलोपटक रिङमा उत्रँदा गम्भीर घाइते भए । त्यही चोटका कारण उनको रियो ओलम्पिक सहभागिताको अवसर नै झन्डैले गमेको थियो ।

भर्गास अमेरिकाले रियो ओलम्पिकका लागि सात महिना अघि गरेको त्यो छनोट प्रतियोगिताभन्दा पहिले कहिल्यै पनि खला टाउको रिङमा उत्रिएका थिएनन् । त्यसैले उनलाई आफ्नो संवेदनशील अंगमा त्यसअघि चोटको चिन्ता पनि थिएन । तर यसपटक फ्लोरिडाका लाइटवेट च्याम्पियन भर्गासलाई अमेरिकाको रियो ओलम्पिक टोलीमा पर्नका लागि अनहार रगतपिच्छे भएर प्रतिस्पर्धा गर्नपर्‍यो ।

भर्गासलाई मात्रै हैन, यसपटक रियो ओलम्पिकमा सहभागी हने दई सय ५० परष बक्सिङ खेलाडीलाई यो अवस्थाबाट गज्रन पर्नेछ । किन भने अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) ले रियो ओलम्पिकमा खेलाडीलाई बिनाहेलमेट रिङमा उतार्ने निर्णय गरेको हो ।

त्यसैले सन् १९८० पछि पहिलो पटक रिङमा खेलाडीको चोटको चिन्ता गम्भीर चासोको रूपमा आएको छ । बक्सरहरूले सन् १९८० मा मस्कोमा भएको ओलम्पिक खेलकदपछि हेलमेट लगाएर रिङमा प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।

आइबाको पछिल्लो निर्णयसँगै रियो ओलम्पिकका लागि तयारीमा रहेका र छनोट भएका खेलाडीले बिनाहेलमेट अभ्यास गर्दै आइरहेका छन् । खेलाडीहरूले पछिल्लो तीन वर्षयता बिनाहेलमेट रिङमा प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

भर्गास रियो ओलम्पिकमा सबै खेलाडीले चोटबाट बच्न ध्यान दिनपर्ने बताउँछन् । ‘म यसपटक पनि पहिलेकै जस्तै प्रतिस्पर्धामा उत्रँदैछ', भर्गास भन्छन्, ‘मेरो खेल्ने शैलीमा कनै परिवर्तन आउनेछैन । तर चोटबाट बच्न निकै चनाखो हनपर्नेछ ।'

आइबाले सन् २०१३ को विश्व च्याम्पियनसिपको पूर्वसन्ध्यामा गरेको यो निर्णयबाट केही दर्शकलाई निकै उत्साहित बनाएको थियो । किनभने हेलमेटबिनाको प्रतिस्पर्धा व्यावसायिक प्रतिस्पर्धाजस्तै देखिनेछ । तर, बक्सिङकै केही खेलाडी र प्रशिक्षकले भने आइबाको यो निर्णयको तीव्र आलोचना गरिरहेका छन् ।

उनीहरूले बिनाहेलमेट प्रतिस्पर्धा गर्दा टाउकोजस्तो संवेदनशील स्थानमा गम्भीर प्रकृतिको चोट लाग्न सक्नेछ, जसले खेलाडीको ज्यानै पनि लिन सक्नेछ ।
‘हेलमेटबिना प्रतिस्पर्धा गर्ने निर्णय राम्रो होइन । किनभने हामी अझै पनि व्यावसायिक खेलाडी हैनौं', अमेरिकन लाइट फ्लाइवेट निको हर्नान्डेज भन्छन्, ‘हेलमेटबिना प्रतिस्पर्धा गर्दा मेरा दवै आँखामा गहिरो चोट लागेका छन् ।

टाउकोमा ठाउँठाउँमा स्टिच लगाउन परेको छ । मेरो विचारमा एमेच्योर खेलाडीका लागि हेलमेट अनिवार्य गरिनपर्छ ।' सन् १९८४ को ओलम्पिक खेलकदका क्रममा बक्सिङ खेलाडीको टाउकोमा चोटबाट बचाउन भारी खालको प्याड प्रयोग गरिएको थियो । यसले केही हदसम्म खेलाडीलाई चोटबाट बचाएको थियो । त्यसलाई विकसित गर्दै विशेष खालको हेलमेट निर्माण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.