कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा सञ्चालित कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालयका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै, आंशिक तर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका छन् ।
नियमिततर्फ पाँच जना विद्यार्थीको नतिजा एकस्पेल्ड गरिएको छ । शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो ।
अनय विषयको नतिजा पनि भदौ दोस्रो साताभित्रमै सार्वजनिक गरिने नियन्त्रक अर्यालले बताए ।