पौडी सुन्दरी गौरीकाको खेल ९ बजेर ४७ मिनेटमा

पौडी सुन्दरी गौरीकाको खेल ९ बजेर ४७ मिनेटमा

काठमाडौँः रियो ओलम्पिकमा सहभागी एघार हजार खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी नेपाली पौडीबाज गौरिका सिंहले ९ बजेर ४७ मिनेटमा प्रदर्शन गर्दैछिन् । उनले महिला एक सय मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।

ओलम्पिक सुरुहुनुभन्दा एकसाता अघिदेखि गौरिकाको विषयमा विश्वभरका सञ्चार माध्यामले कान्छी खेलाडी र भूकम्पबाट जोगिएकी खेलाडी भन्दै प्राथकिताका साथ समाचार संप्रेशण गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा सानो उमेरको खेलाडी भएको पक्का गरेको थियो । रियो ओलम्पिकमा दुई सय ६ देशबाट सहभागी खेलाडीमा गौरिकाको चर्चा निकै चल्यो।

गौरिका आइतबार मात्र १३ वर्ष र दुई सय ५५ दिनकी भएकी छन् । बेलायतमा परिवारसँग बस्दै आएकी गौरिका रियो ओलम्पिकमा सहभागिता जनाउन उतैबाट रियो पुगेकी हुन् । भारतमा ६ महिनाअघि भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जजनाउन पनि गौरीका बेलायतबाट भारत आएकी हुन् । भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न सागमा गौरिकाले नेपाललाई एक रजत र तीन कांस्य सहित चार पदक दिलाएकी थिइन् । नेपाली पौडी खेलाडीले सागमा पदक जितेको पहिलो पटक थियो । गौरिकाले सन् २०१५ को जुनबाट मात्र नेपालको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेकी हुन् ।

उनले एक बर्षको बीचमा सातवटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनले नेपालको तर्फबाट गत अगस्टमा रसियाको काजनमा भएको विश्व च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी छन्् । गौरिका रियो ओलम्पिकमा कान्छो खेलाडी भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्यापक रुपमा स्थान पाएपछि गौरिकासँगै नेपालको समेत औलम्पिकका चर्चा भएको थियो ।

रियो ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका र शिरिष गुरुङले भाग लिएका हुन् । पौडी खेलाडीले आइओसीको अनिवार्य कोटामार्फत सहभागिता सुनिश्चित गरेका हुन् । नेपालका बाँकी पाँच खेलाडीले भने वाइल्डकार्ड मार्फत भाग लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.