म्यान युनाइटेडमा मोउरिन्हो र इब्राहिमोभिचको पहिलो उपाधि 

म्यान युनाइटेडमा मोउरिन्हो र इब्राहिमोभिचको पहिलो उपाधि 

लन्डनः इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले कम्युनिटी सिल्ड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
म्यान युनाइटेडले उपाधिका लागि भएको भिडन्तमा लेस्टर सिटीलाई २-१ गोलले पराजित गर्‍यो । कम्युनिटी सिल्ड भनेको प्रिमियर लिग र इङ्ल्यान्डको पुरानो फुटबल प्रतियोगिता एफए कपको विजेताले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो ।

गत सिजन प्रिमियर लिगको उपाधि लेस्टर र एफए कपको उपाधि म्यान युनाइटेडले जितेका थिए । यो उपाधि म्यान युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो र स्ट्राइकर ज्लाटन इब्राहिमोभिचका लागि पहिलो उपाधि हो । यसै सिजनबाट म्यान युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सुरु गरेका मोउरिन्हो र उनकै नेतृत्वमा भित्रिएका इब्राहिमोभिच पहिलो प्रतियोगितामै उपाधि चुम्न सफल भएका छन् ।

कम्युनिटी सिल्ड नयाँ सिजन सुरु हुनुअघि इङ्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीमा हुनेगर्छ । म्यान युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको यो २१ औं पटक हो ।

इङ्ल्यान्डमा हालसम्म अन्य टोलीले २१ पटक कम्युनिटी सिल्डको उपाधि जित्न सकेका छैनन् । खेलमा म्यान युनाइटेडले पहिलो हाफमै अग्रता बनाएको थियो । ३२ औं मिनेटमा जेस लिनगार्डले व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गर्दै म्यान युनाइटेडलाई १-० ले अघि बढाएका थिए । मैदानको मध्य भागबाट बल अघि बढाएका लिनगार्डले लेस्टरका चारजना खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

तर खेलको दोस्रो हाफको सुरुमै लेस्टरले बराबरी गोल फर्कायो । जामी भार्डीले म्यान युनाइटेडका मारोनी फेलानीको गल्तीको फाइदा उठाउँदै टोलीलाई बराबरीमा फर्काएका थिए । फेलानीले ब्याक पास दिएको बललाई नियन्त्रणमा लिँदै भार्डीले गोल गरेका थिए । यद्यपि खेलको अन्त्यतिर ८३ औं मिनेटमा इब्राहिमोभिचले निर्णायक गोल गरेपछि म्यान युनाइटेडको उपाधि पक्का भएको थियो ।

इब्राहिमोभिचले एन्टोनियो भ्यालेन्सियाको क्रसमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रेनियरीले आफ्ना नियमित खेलाडीलाई मैदानमा उतारेका थिए । खेलको २० औं मिनेटमा लेस्टर गोल नजिक पुगेर पनि चुकेको थियो ।

सिन्जी ओकाजाकीको पासमा भार्डीको सशक्त प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिर हुइँकिएको थियो । त्यसगलत्तै प्राप्त कर्नरमा ओकाजाकीको हेडिङ क्रसबारमा लागेर फर्कंदा लेस्टर अग्रता लिनबाट चुकेको थियो । त्यसपछिका खेलमा पनि दुवै टोलीले केही राम्रा अवसर खेर फालेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.