उपाधि होडबाट बाहिरिइन् साबिक विजेता सेरेना 

उपाधि होडबाट बाहिरिइन् साबिक विजेता सेरेना 

रियो दि जेनेरियोः विश्व नम्बर एक अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स रियो ओलम्पिकको उपाधि होडबाट बाहिरिएकी छन् ।

लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेकी साबिक विजेता सेरेना रियो ओलम्पिकको तेस्रो चरणबाटै घर फर्किन बाध्य बनेकी हुन् । मंगलबार राति भएको महिला एकलतर्फको तेस्रो चरणको खेलमा युक्रेनकी एलेना भितोलिनाले सेरेनालाई सोझो सेटमा पराजित भइन् ।

प्रतियोगिताको १५ औं वरीयतामा रहेकी भितोलिनाले सेरेनालाई ६-४, ६-३ को सोझो सेटमा स्तब्ध पारिन् । क्वार्टरफाइनलमा भितोलिनाले चेक गणतन्त्रकी पेट्रा भितोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

रियो ओलम्पिकको महिला डबल्सतर्फको स्पर्धामा पनि सेरेना र उनी दिदी भेनसको जोडी यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । सेरेना र भेनसको जोडी चेक गणतन्त्रका लुसी सफारोभा र बार्बरा स्ट्रेकोभाको जोडीसँग पराजित भएको थियो ।

‘मैले रियो ओलम्पिकलाई स्मरणीय बनाउन कुनै पनि तयारी गरेकी थिइन् । आगामी दिनमा राम्रो खेलेर अगाडि बढ्ने योजना बनाएकी छु', खेलपछि सेरेनाले भनिन् । भितोलिनाले आफ्नो लागि यो जित नसोचेको उपलब्धि भएको प्रतिक्रिया दिइन् । ‘यो मेरा लागि उत्कृष्ट क्षण बन्यो । सेरेनाजस्तो प्रभावशाली खेलाडीलाई हराउँछु भन्ने लागेको थिएन ।

यो जितले मेरो आत्मविश्वास पनि बढाएको छ', भितोलिनाले भनिन् । जर्मनीकी एन्जेलिक केर्बर र अमेरिकाकी माडिसन किज भने क्वार्टरफाइनलमा पुग्न सफल भए । दोस्रो वरीयताकी केर्बरले अस्ट्रेलियाकी साम स्टोसरलाई ६-०, ७-५ र सातौं वरीयताकी किजले नवौं वरीयतामा आसीन स्पेनिस खेलाडी कार्ला स्वारेज नाभारोलाई ६-३, ३-६, ६-३ ले पाखा लगाए ।

जर्मनीकी लाउरा सिगमन्ड, रुसकी दारिया कास्किना, पुएर्टो रिकोकी मोनिका पुइग र ब्रिटेनकी योहाना कोन्टा पनि क्वार्टरफाइनलमा पुग्न सफल भए । इटालीकी सारा इरानी, स्पेनकी गार्बिन मुगुरुजा र रुसकी श्वेतलाना कुजनेत्सोभा भने तेस्रो चरणको खेलबाट घर फर्किन बाध्य भए ।

यसैगरी पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा ब्रिटेनका एन्डी मुरे, स्पेनका राफेल नाडाल र बेल्जियमका डेभिड गोफिनले सफलता हात पारे । दोस्रो वरीयताका मुरेले अर्जेन्टिनाका हुवाँ मोनाकोलाई ६-३, ६-१ ले हराए भने तेस्रो वरीयताका नाडालले इटालीका आन्द्रे सेपीलाई ६-३, ६-३ को सोझो सेटमा पाखा लगाए ।

आठौं वरीयताका गोफिनले भने इजरायलका डुडी सेलालाई ६-३, ६-३ ले हराए । सातौं वरीयताका स्पेनिस खेलाडी डेभिड फेरर दोस्रो चरणको खेलबाटै घर फर्किए भने रुसका एभ्गेनी डोनस्की, फ्रान्सका गिल्स सिमोन, अमेरिकाका स्टिभ जोन्सन र इटालीका फाबियो फोग्निनी अघिल्लो चरणमा पुग्न सफल भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.