रियलले जित्यो युरोपियन सुपर कप

रियलले जित्यो युरोपियन सुपर कप

म्याड्रिडः स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रियलले मंगलबार राति भएको खेलमा अर्को स्पेनिस क्लब सेभिललाई अतिरिक्त समयमा ३-२ गोलले पराजित गर्‍यो । रियलले मुख्य तीन स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र गारेथ बेलको अनुपस्थितिमा सुपर कप उपाधि जितेको हो ।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच यो प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुनेगर्छ । गत सिजन रियलले युरोपियन च्याम्पियन्स लिग र सेभिलले युरोपा लिगको उपाधि जितेका थिए । नर्वेको लर्केन्डल रंगशालामा भएको खेलमा रियलले अतिरिक्त समयको खेल सकिन एक मिनेट बाँकी रहँदा निर्णायक गोल गरेको थियो ।

रक्षक ड्यानियल कार्भाजलले एक सय १९ औं मिनेटमा एकल प्रयासमा आकर्षक गोल गर्दै टोलीलाई कठिन तर, रोमाञ्चक जित दिलाएका हुन् । निर्धारित ९० मिनेटको खेल २-२ खेलको बराबरीमा सकिएको थियो । रियलका मार्को आनेन्सियो र सर्जियो रामोसले गोल गरे । सेभिलका लागि इभजेन कोनोपायन्का र फ्रान्को भाजक्वेजले एकएक गोल गरे ।

रियलले निर्धारित समयको इन्जुरी समयमा गोल गरेपछि खेल अतिरिक्त समयतर्फ धकेलेको थियो । रक्षक रामोसले लुकासको पासमा गोल गरेका थिए । तीन मिनेटको इन्जुरी समयमा रामोसले हेडमार्फत गोल गरेका हुन् । त्यसअघि खेलमा सुरुवाती अग्रता पनि रियलले नै लिएको थियो । आनेन्सियोले २१ औं मिनेटमा लामो दूरीबाट प्रहार गर्दै गोल गरेका थिए ।

भाजक्वेजले पहिलो हाफमै सेभिललाई बराबरीमा ल्याएका थिए । ४१ औं मिनेटमा भिटोलोको पासमा उनले गोल गरेका थिए । दोस्रो हाफमा सेभिलले अग्रता लियो । कोनोपायन्काले ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

 रामोसले भिटोलोलाई फल गरेपछि सेभिलले पेनाल्टी प्रहारको अवसर पाएको थियो । जिनेदिन जिदान प्रशिक्षक भएयता रियलले जितेको यो दोस्रो उपाधि हो ।

यसअघि फाइनलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरी रियल युरोपियन च्याम्पियन बनेको थियो । जिदान गत जनवरीमा रियलको प्रशिक्षक नियुक्त भएका थिए । रियलका प्रभावशाली खेलाडी रोनाल्डो घाइते छन् भने बेल र बेन्जेमाले आराम लिएका छन् । टोनी क्रुज पनि आराम लिइरहेका छन् । रियलले यसअघि सन् २००२ र सन् २०१४ मा पनि युरोपियन सुपर कपको उपाधि जितेको थियो ।

युरोपा लिगको फाइनलमा लिभरपुललाई हराएको सेभिल लगातार तेस्रो सिजन युरोपियन सुपर कपको फाइनलमा पराजित भएको हो । सन् २०१२ यता घरेलु लिगको उपाधि जित्न नसकेको रियलले आगामी संस्करण अगस्ट २१ तारिखमा रियल सोसिएडाडसँग प्रतिस्पर्धा गरेर सुरु गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.