इन्डोर कर्पोरेट क्रिकेट भदौमा

इन्डोर कर्पोरेट क्रिकेट भदौमा

काठमाडौंः राजधानीमा भदौको पहिलो साताबाट एम एन्ड एम रेमिट यूआईसी कप इन्डोर कर्पाेरेट क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

अल्टिमेट इन्डोर्स प्रालिको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता यूआईसी कपको तेस्रो संस्करण हो । कोटेश्वर महादेवस्थानस्थित अल्टिमेट इन्डोर्सकै हलमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न २४ वटा कर्पोरेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

भदौ ११ गतेसम्म चल्ने प्रतियोगितामा सेन्चुरी बैंक, डब्लूडब्लूएफ, खेलकुद पत्रकार मञ्च, सिटिजन्स बैंक, सिद्धार्थ डेभेलपमेन्ट बैंक, अन्नपूर्ण पोस्ट्, युबी होम, एमएम रेमिट, मेगा बैंक, सुबिसु केबलनेट, पोइन्ट क्लिक केयर, काष्ठमण्डप डेभलपमेन्ट बैंक, फ्लाई दुबईलगायतका टोलीको सहभागिता रहने जानकारी आयोजक अल्टिमेटका सुदीप नेपालले दिए ।

प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न आठ समूहमा विभाजन गरी लिक कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रत्येक समूहबाट दुईदुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टोलीबीच भदौ ११ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यूआईसी कपको पहिलो संस्करणको विजेता सेन्चुरी बैंक हो भने गत वर्ष भएको दोस्रो संस्करणको उपाधि हुवावे नेपालले जितेको थियो ।

आयोजकले आगामी मंगलबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगितामा कुनै पनि टोलीले आफ्नो कर्मचारीबाहेकका खेलाडीलाई खेलाउन नपाउने आयोजकले जनाएको छ ।

‘सहभागी टोलीहरूले आफ्नो कार्यालयमा कम्तीमा ६ महिना काम गरेका र पूर्णकालीन कर्मचारीलाई मात्रै खेलाउन पाउनेछन्', सुदीपले भने, ‘त्यसबाहेकका खेलाडीलाई सहभागी गराउन पाइने छैन ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.