ब्राजिल क्वार्टरफाइनलमा, बाहिरियो अर्जेन्टिना

ब्राजिल क्वार्टरफाइनलमा, बाहिरियो अर्जेन्टिना

साल्भाडोरः अघिल्ला दुई खेलमा निराशाजनक प्रदर्शन गरेको आयोजक राष्ट्र ब्राजिल अन्ततः समूहगत चरणको अन्तिम खेलमा प्रतिद्वन्द्वीविरुद्ध बलियो प्रभाव जमाउँदै ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

समूह ‘ए' अन्तर्गतको बुधबार राति भएको आफ्नो अन्तिम खेलमा ब्राजिलले डेनमार्कलाई ४औ० गोलको फराकिलो अन्तरले पाखा लगायो ।

उक्त समूहबाट ब्राजिल विजेता र डेनमार्क उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्न सफल भए । एक जित र दुई बराबरीको नतिजा निकालेको ब्राजिलले पाँच तथा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको डेनमार्कले चार अंक हात पारे ।

तीन अंक जोडेको इराक र दुई अंक हात पारेको दक्षिण अफ्रिका भने समूहगत चरणबाट घर फर्कन बाध्य भए ।

क्वार्टरफाइनलमा ब्राजिलले कोलम्यिबा र डेनमार्कले नाइजेरियाको सामना गर्नेछन् । समूहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलका लागि ग्याब्रियल बार्बोसाले दुई तथा ग्याब्रियल जिसस र लुआनले एकएक गोलको योगदान गरे ।

खेलको प्रारम्भदेखि नै बलियो प्रतिद्वन्द्वी डेनमार्कलाई दबाबमा राखेको ब्राजिलका लागि २६औं मिनेटमा ग्याब्रियल बार्बोसाले पहिलो गोल गरे ।

यसैगरी ४०औं मिनेटमा ग्याब्रियल जिससले अर्को गोल गरेपछि पहिलो हाफमै आयोजक राष्ट्रले २औ० को अग्रता बनाएको थियो । ५०औं मिनेटमा लुआनले गोल गर्दै ब्राजिलको अग्रतालाई ३औ० बनाएका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि गाबिगोल उपनाम पाएका ग्याब्रियल बार्बोसाले व्यक्तिगत रूपमा दोस्रो र टोलीका लागि चौथो गोल गरेका थिए ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने स्टार खेलाडी नेमारको प्रभावमा रहेको ब्राजिलियन टोलीले यसपटक ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्य राखे पनि उत्कृष्ट प्रदर्शन गर्दै समर्थकको आँखामा खरो ओर्लन भने सकेको छैन ।

अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका र इराकसँग बराबरी खेलेपछि अप्ठ्यारोमा परेको ब्राजिल समूहगत चरणको आफ्नो अन्तिम खेलमा जित हात पार्ने पर्ने दबाबमा थियो ।

ब्राजिलले हालसम्म ओलम्पिक खेलकुदको फुटबलमा स्वर्ण पदक जित्न सकेको छैन । सोही समूहको अर्को खेलमा दक्षिण अफ्रिकाले इराकलाई १-१ गोलको बराबरीमा रोकेका कारण डेनमार्कको क्वार्टरफाइनल यात्रा सहज बनेको थियो ।

खेल सुरु भएको छैटौं मिनेटमै दक्षिण अफ्रिकाका लागि गिफ्ट मोटुपाले पहिलो गोल गरेका थिए । १५औं मिनेटमा इराकका साद अब्दुल आमिरले जवाफी गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । उक्त खेलमा विजयी भएको भए डेनमार्कलाई पछि पार्दै इराक क्वार्टरफाइनलमा पुग्ने थियो ।

समूह ‘बी'बाट भने नाइजेरिया र कोलम्बिया क्रमशः पहिलो र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगे । समूहगत चरणको अन्तिम खेलमा कोलम्बियाले नाइजेरियालाई २औ० र जापानले स्विडेनलाई १औ० गोलले हराए ।

दुई जित र एक हारको नतिजा निकालेको नाइजेरियाले ६ तथा एक जित र दुई बराबरीको नतिजा निकालेको कोलम्बियाले पाँच अंक जोडे ।

एक जित, एक बराबर र एक हारबाट चार अंक जोडेको एसियाली राष्ट्र जापान तथा एक बराबरी र दुई हारबाट एक अंक जोडेको स्विडेन भने समूहगत चरणबाटै घर फर्कन बाध्य भए ।

नाइजेरियाविरुद्घको खेलमा कोलम्बियाका लागि टोफिलो गुटिरेजले चौथो र डोर्लान पाबोनले ६२औं मिनेटमा एकएक गोल गरे । यसैगरी स्विडेनविरुद्धको खेलमा जापानका लागि एकमात्र गोल ६५औं मिनेटमा सिन्या याजिमाले गरेका थिए ।

समूह ‘सी'बाट दक्षिण कोरिया र जर्मनी क्रमशः पहिलो र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुग्न सफल भए । मेक्सिको र फिजी भने उपाधि होडबाट बाहिरिए । दक्षिण कोरियाले सात, जर्मनीले पाँच र मेक्सिकोले चार अंक बटुले ।

तुलनात्मक रूपमा कमजोर देखिएको फिजी भने तीनवटै खेलमा पराजित भयो । समूहगत चरणको अन्तिम खेलमा जर्मनीले फिजीलाई १०औ० गोलको विशाल अन्तरले हरायो भने दक्षिण कोरियाले मेक्सिकोमाथि १औ० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा जर्मनीले पोर्चुगल र दक्षिण कोरियाले होन्डुरसको सामना गर्नेछन् । मेक्सिकोविरुद्घको खेलमा दक्षिण कोरियाका लागि एकमात्र गोल ७७औं मिनेटमा चाङ हुन कोनले गरेका थिए ।

यसैगरी फिजीविरुद्घको खेलमा जर्मनीका लागि निल्स पिटर्सन एक्लैले पाँच गोल गरे । म्याक्स मेयरले पनि तीन गोलको योगदान गरे । थप दुई गोल सर्जीले गरे ।

यसैगरी समूह ‘डी'बाट पोर्चुगल र होन्डुरस क्रमशः पहिलो र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगे । अर्जेन्टिना र अल्जेरिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य बने । पोर्चुगलले सात र होन्डुरसले चार अंक हात पारे ।

तेस्रो भएको अर्जेन्टिनाले चार र चौथो भएको अल्जेरियाले एक अंक बटुले । समूहगत चरणको अन्तिम खेलमा पोर्चुगल र अल्जेरियाले १औ१ गोलको बराबरी खेल्दै अंक बाँडे । अर्जेन्टिना र होन्डुरसले पनि १-१ गोलको बराबरी खेले ।

अल्जेरियाविरुद्घको खेलमा पोर्चुगलका लागि गोन्कालो पासिन्सियाले २५औं मिनेटमा पहिलो गोल गरे । अल्जेरियाका लागि ३०औं मिनेटमा मोहमद बेन्काबिलाले जवाफी गोल फर्काए । यसैगरी अर्जेन्टिनाविरुद्घको खेलमा होन्डुरसका लागि ७५औं मिनेटमा एन्थोनी लोजानोले पहिलो गोल गरे ।

अर्जेन्टिनाका लागि निर्धारित समयको अन्तिम मिनेटमा माउरिसियो मार्टिनेजले जवाफी गोल गरे । खेलका क्रममा दुवै टोलीले पेनाल्टी प्रहारमा गोल गर्ने अवसर खेर फालेका थिए ।

मध्यान्तर हुनुभन्दा केहीअघि होन्डुरसका कप्तान ब्रायन एकोस्टाले गरेको पेनाल्टी प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक गेरोनिमो रुलीले रोकेका थिए भने ५५औं मिनेटमा अर्जेन्टिनाका प्लेमेकर एन्जल कोरियाले गरेको पेनाल्टी प्रहार गोलपोस्टमा ठोक्किएको थियो । ओलम्पिक खेलकुदको फुटबलमा अर्जेन्टिना दुईपटकको विजेता हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.