माइकल फेलप्सको एतिहासिक रेकर्ड, ओलम्पिकमा २२ औँ स्वर्ण जिते

माइकल फेलप्सको एतिहासिक रेकर्ड, ओलम्पिकमा २२ औँ स्वर्ण जिते

एजेन्सीः ओलम्पिक खेलकुदको इतिहासमा सर्वाधिक स्वर्ण र सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान बनाएका अमेरिकी पौडीबाज माइकल फेलप्सले आफ्नो नाममा अर्को कीर्तिमान थपेका छन् । जारी ओलम्पिक खेलकुद अन्तर्गत बिहीबार राति भएको पुरुष पौडीको दुई सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जितेसँगै फेलप्सको नाममा अर्को कीर्तिमान थपिएको हो ।

फेलप्सले लगातार चारवटा ओलम्पिकको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेड्ले स्पर्धामा स्वर्ण पदक जितेका हुन् । लगातार चारवटा ओलम्पिकको एउटै स्पर्धामा स्वर्ण पदक जित्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् । ओलम्पिकमा उनले जितेको स्वर्ण पदक संख्या २२ पुगेको छ ।

जारी रियो ओलम्पिकमा भने उनले हालसम्म दुई सय मिटर बटरफ्लाई, दुई सय मिटर इन्डिभिजुअल मेड्ली, चार गुना एक सय मिटर फ्रिस्टाइल रिले र चार गुना दुई सय मिटर फ्रिस्टाइल रिले स्पर्धामा स्वर्ण पदक जितेका हुन् । फेलप्सले सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन थाले पनि आफ्नो पहिलो सहभागितामा भने स्वर्ण जित्न सकेका थिएनन् ।

बिहीबार राति भएको दुई सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जित्न उनले निर्धारित दूरी एक मिनेट ५४.६६ सेकेन्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका जापानी खेलाडी कोसुके हागिनोले निर्धारित दूरी एक मिनेट ५६.६१ सेकेन्डमा पूरा गरे । चीनका सुन वाङले निर्धारित दूरी एक मिनेट ५७.०५ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । चर्चित अमेरिकी खेलाडी रायन लोच्ते भने निराशाजनक प्रदर्शन गर्दै पाँचौं भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.